26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
Homeराष्ट्रियकाठमाडौँमा चोरीका घटना बढ्दै! प्रहरीको सर्च अप्रेसन

काठमाडौँमा चोरीका घटना बढ्दै! प्रहरीको सर्च अप्रेसन

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनका कारण केही समय शून्य भएको काठमाडौँको अपराध गतिविधि फेरि चलमलाउन थालेको छ। जघन्य प्रकृतिका अपराध कमै भए पनि काठमाडौँमा चोरीका घटना भने बढ्दै गएका छन्।

काठमाडौँका विभिन्न क्षेत्रमा निजी कार्यालय, पसल, रेष्टुरेष्ट लगायत क्षेत्रमा चोरी भएको उजुरी प्रहरी कहाँ आउने क्रम बढेको छ। त्यस्तै प्रहरीले काठमाडौँ क्षेत्रभित्र सर्च अप्रेसन थालेको छ। ‘हामीले रातिको समयमा सादा तथा पोशाकका प्रहरी परिचालन गरेका छौँ। केही स्थानमा चोर्दाचोर्दै पनि पक्राउ गरेका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले भने।

त्यस्तै, काठमाडौँका मुख्य शहरभन्दा बाहिरका क्षेत्रमा पशु तथा चौपाया समेत चोरी हुने छन्। त्यस्तै घरायसी प्रयोजनमा प्रयोग हुने सरसामान समेत चोरी भएको खबर आउने गरेको प्रहरीले जानकारी दिएको छ। ‘लकडाउन भएकाले खाली पसल, घर लगायतमा चोरी भएको छ। त्यस्तै जे भेटिन्छ त्यही चोरी गरेर हिँड्ने पनि गरेको पाइयो,’ एसएसपी ज्ञवालीले भने।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments