22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedकाठमाडौंबाट भित्र एक आश्रममा ३० जना बालबालिका यस्तो अवस्थामा ! अचानक शिशिर...

काठमाडौंबाट भित्र एक आश्रममा ३० जना बालबालिका यस्तो अवस्थामा ! अचानक शिशिर भण्डारी पुग्दा.. (हेर्नुहोस भिडियो)

आदरणिय दर्शकबृन्द नमस्कार म शिशिर भण्डारी । आज म तपाईलाई एउटा यस्तो ठाउंमा लैजादै छु, जहां पुगेपछि तपाईले स्वर्गको आनन्द पाउनुहुनेछ । दर्जनौं दुख कष्टमा बितेका बाल जीवनहरुलाई समेट्दै एकै थलोमा खुशी फुलाउंदै गरेकी एक महान आमाको न्यानो काख हो, महिला तथा बाल बालिका सेवा केन्द्र नेपाल, बुढानिलकण्ठ, हात्ती गौंडा । अमेरिकाबाट धेरै बर्षपछि आफ्नो जन्मभुमि फर्केका सहयोगी मन भएका प्रकाश आचार्यले हामीलाई भेट्नु भयो र भन्नुभयो, शिशिरजी मैले अमेरिकामा रहेका मेरा नेपाली साथीहरुसंग सहयोग उठाएर ल्याएको छु । हात्ती गौंडामा एउटा पुण्य थलो छ, त्यहां पुगेर सहयोग गरौं न । यस्तो महान काममा मैले कसरी नाई भन्न सक्छु र ? अनि हामी पुग्यौं, आमा लक्ष्मी कुमारी सुवेदीको आश्रम महिला तथा बाल बालिका सेवा केन्द्र नेपाल । हामी पुग्ने बित्तिकै आमा लक्ष्मीले फुलमालाले स्वागत गर्नु भयो । आश्रमको संरक्षमा रहेका भाई बहिनीहरुले स्वागत गीत र स्लोक गाउंदै निकै आत्मिय स्वागत गर्नुभयो । लाईनबद्ध भएर ज्ञानी भाईबहिनीहरुले एउटै भाकामा गीत र स्लोक गाईरहंदा मनले बेग्लै खुशी र शान्ति पाउंदै थियो । यि बालबालिकाहरुलाई संरक्षण मात्र नभै यति राम्रो संस्कार दिदै प्रतिभा फुलाउंदै लाने आमा लक्ष्मी र सम्पुर्ण महिला तथा बाल बालिका सेवा केन्द्र नेपालका सदस्यहरुलाई मनै देखि धन्यवाद ।

कति राम्रो वातावरण महिला तथा बाल बालिका सेवा केन्द्र नेपालको । आश्रमलाई चारैतिर नियालिरहंदा झनै खुशी मिल्यो । आश्रममा बिभिन्न कारण घर परिवारबाट टाढा भएका, आमा बुवाबाट टाढा भएका, बिदेशमा ब ल त्कृ त भएका नेपाली चेलीबाट जन्मिएका सन्तान रहेका छन् । आश्रम घुमिसकेपछि सबै भाई बहिनीहरुले हामीलाई आफ्नो परिचय दिनुभयो । कोहि कुन जिल्लाको, कोही कुन । अनेक दुख र कष्टले, परिवार र आमा बुवासंगको बिछोडले यि भाई बहिनीहरु यहांसम्म आईपुगे । बाहिर झमझम पानी परिरहेका थियो । भाई बहिनीहरुको परिचयसंगैका मन शान्त पार्ने श्लोक र वाणीहरुले मनमा न्यायो भैरहेको थियो । भाई बहिनीहरुले व्याया गरेर देखाउनुभयो अनि मिठो गीत पनि सुनाउनुभयो । आफ्नो बुवाको पुण्य तिथिमा नेपाल आई पुग्नु भएका दोलखाका प्रकाश आचार्यले आश्रमका लागि २५ हजार सहयोग रकम लिएर आउनु भएको रहेछ । उक्त रकम आश्रमकी आमा लक्ष्मी कुमारी सुवेदीलाई उहांले बुझाउनु भयो । भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments