24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeराष्ट्रियकाठमाडौंमा घट्यो  दु:खद घटना

काठमाडौंमा घट्यो  दु:खद घटना

काठमाडौं । काठमाडौंको रविभवनमा कारको ठक्करबाट एकजनाको ज्यान गएको छ । बा २१ च ४३४७ नम्बरको कारले बा ७२ प ८१७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक टीकाराज गेलालको ज्यान गएको हो ।

कार नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल शिखर जबराको रहेको खुलेको प्रहरीले जनाएको छ । कार र चालक लेफ्टिनेन्ट कर्णेललाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखी अनुसन्धान थालिएको छ ।

कर्णेल जबरा काठमाडौंको स्युचाटार निवासी हुन् । उनी कलंकीबाट कालिमाटीतर्फ आइरहेका थिए भने मासु बोकेको मोटरसाइकल कालिमाटीबाट कलंकीतर्फ गइरहेका थिए ।

दुर्घटनामा घाइते टिकाराम गेलाललाई कलंकीस्थित नेशनल अस्पताल लगिएको थियो । गेलालको उपचारका क्रममा मृत्यू भएको हो ।

मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments