काठमाण्डौँ-(कोभिड-१९)को रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको सोमबार बसेको बैठकले काठमाण्डौँ उपत्यकामा लकडाउन खुकुलो नपार्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ।देशका सबै जिल्लाहरुलाई जोखिमपूर्ण,कम जोखिमपूर्ण र न्यून जोखिमपूर्ण गरी तीन भागमा वर्गीकरण गर्ने र भारतसँग सीमा जोडिएका तथा कोरोना भाइरस संक्रमण देखिएका जिल्लाहरुलाई जोखिमपूर्ण भागमा राख्ने निर्णय भए अनुसार काठमाण्डौँमा लकडाउन खुकुलो नगर्ने निर्णय गरेको हो।भारतसँग सीमा जोडिएका र तराईका जिल्लाहरुमा पनि लकडाउन पूर्वरुपमै कायम राख्न पनि समितिले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।पहाडी तथा हिमाली जिल्लाहरुमा भने लकडाउन खुकुलो पारिने र आन्तरिक आवागमन सुचारु गर्न पनि समितिले प्रस्ताव गरेको छ।मंगलबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका हुन्।बैठकमा सुरक्षा निकायका प्रमुखहरु समेत सहभागी भएका थिए।
सरकारले वैशाख २६ देखि काठमाण्डौँ उपत्यका लगायत भारतसंग सीमा जोडिएका सबै जिल्लाहरुमा लकडाउन कडाइ गर्ने/हिमाली र पहाडी जिल्लाहरुमा भने खुकुलो बनाउने तयारी
RELATED ARTICLES