22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeसमाचारकाठमाण्डौं महानगरपालिकाले छाडा चौपाय,बाँदर र चराचुरुंगीहरुका लागि आहाराको व्यवस्था गर्ने मापदण्ड पारित

काठमाण्डौं महानगरपालिकाले छाडा चौपाय,बाँदर र चराचुरुंगीहरुका लागि आहाराको व्यवस्था गर्ने मापदण्ड पारित


काठमाण्डौं: महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) र लकडाउनलाई मध्यनजर गर्दै छाडा चौपाय,बाँदर र चराचुरुंगीहरुका लागि राहत वितरण मापदण्ड–२०७६ पारित गरेको छ।महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ४३औं नगर कार्यपालिका बैठकले यो मापदण्ड पारित गरेको हो ।कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन र यसको रोकथाम– नियन्त्रण गर्न सरकारले जारी गरेको लक-डाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेको प्रमुख शाक्यले जानकारी दिए ।मानिसहरूलाई घर बाहिर निस्कन रोक लगाएकोलगायतका कारणले काठमाण्डौं महानगपालिकाभित्र बसोवास गर्दै आएका असाहय,अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई तत्काल राहत उपलब्ध गराउन यस्तो मापदण्ड पारित गरेको प्रमुख शाक्यले जानकारी दिए ।बैठकले पारित गरेको मापदण्डमा अभिभावक नभएका,आफ्नो आयश्रोत नभएका अरूको सहयोग एवं सहारामा बस्ने जस्तै अनाथ आश्रम, वृद्धाश्रम,संरक्षण गृह,मन्दिर गुम्बा,मस्जिदमा आश्रित भएका व्यक्तिलाई असाहय भनिएको छ । त्यसैगरी,मापदण्डमा अतिविपन्नमा आन्दामीको कुनै स्थायी स्रोत नभएका,दैनिकी गुजार गर्न धौधौ भएका र सम्बन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवार भनी उल्लेख गरिएको छ ।संगठित संस्थामा काम गर्नेबाहेक काठमाडौंं महानगरमा विगतदेखि दैनिक रूपमा ज्याला(मजदुरी)गर्दै आएका काठमाडौँमा घर–जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भनी मापदण्डले उल्लेख गरेको छ । त्यसैगरी,बैठकले हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुको विवरण संकलन तत्कालै सुरुवात गर्ने पनि निर्णय गरेको छ ।हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरूलाई समेत समान व्यवहार प्रस्तुत गर्दै सबैको विवरण संकलन गर्न सम्बन्धित वडाले तत्काल काम सुरु गर्ने निर्णय आजको बैठकले गरेको छ । प्रमुख शाक्यले भने,असाहय,अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरूको पहिचानमा विवरण संकलनले थप सहयोग पुग्ने अपेक्षा गरेको बताएका छन् ।

त्यसैगरी,बैठकले विवरण संकलनका लागि एकै प्रकारको फारम ३२ वटै वडालाई वितरण गरेको छ भने खाद्य सामग्री पनि समान रुपमा वितरण गर्ने भएको छ । लकडाउनपछि अहिले खाद्यन्न,ग्यासलगायतका सामग्रीको अभाव हुने हो कि भन्ने धेरैमा आशंका उत्पन्न भएको प्रमुख शाक्यको भनाइ छ ।आजको बैठकले यस्तो समस्यालाई समेत हल गर्न र भीडभाड कम गराउन सुरक्षाकर्मी,जनप्रतिनिधि लगायतको सहयोगमा सबै काठमाडौं महानगरवासीको घर–घरमा खाद्यन्न पुर्याउने,आपूर्ति ब्यवस्थालाई सहज बनाउन सम्वन्धित निकायसँग छलफल गरी अघि बढ्ने बैठकले निर्णय गरेको छ ।बैठकले पशुपक्षी,चराचुरुङ्गीलगायतको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि महानगरपालिकाले ३२ वटै वडाले उनीहरूलाई आहाराको व्यवस्था गर्ने निर्णय गरेको छ । लकडाउनका कारण मानिसको आवागमन नहुँदा र होटल रेष्टुराँहरु सञ्चालन हुँदा सामुदायिक कुकुर,बाँदर र छाडा चौपायाले खानेकुरा खान नपाएको कुरालाई ध्यानमा राख्दै उनीहरुलाई आहाराको व्यवस्था गर्न ३२ वटै वडाले पहल गर्ने निर्णय भएको छ। प्रमुख शाक्यले भने राहत वितरणलगायतका लागि ठूला वडालाई चार मझौला वडालाई तीन र साना वडालाई २ लाख थप निकासा दिएको प्रमुख शाक्यको भनाइ छ।आवश्यक पर्यो भने पुनः थप गर्ने निर्णय भएको छ ।सोही रकमबाट सामुदायिक कुकुर,छाडा चौपाय,बाँदर र अन्य चराचुरुङ्गीलाई पनि आहाराको व्यवस्था गर्न वडालाई निर्देशन दिएको प्रमुख शाक्यको भनाइ छ । त्यस्तै बैठकले ५ सय जनासम्मलाई राख्न मिल्ने ‘क्वारेन्टायन’को व्यवस्थापनका लागि ठाउँ खोजी गर्ने पनि निर्णय गरेको छ भने हिजो मात्रै लञ्च गरेको सूचनाप्रविधिमा आधारित सर्भिलेन्स प्रणालीलाई ३२ वटै वडामा प्रभावकारी बनाउने पनि निर्णय गरेको समेत प्रमुख शाक्यले स्पष्ट पारेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments