16.1 C
Kathmandu
Monday, December 11, 2023
Homeराष्ट्रियकाठमाण्डौ उपत्यकामा बढ्यो गाडीको चाप,६ घण्टाको अवधिमा ११ सय ५ वटा गाडीलाई...

काठमाण्डौ उपत्यकामा बढ्यो गाडीको चाप,६ घण्टाको अवधिमा ११ सय ५ वटा गाडीलाई होल्ड गरियो


काठमाडौं । काठमाण्डौ उपत्यकाका अन्य दिनको तुलनामा आइतवार सवारी साधनको चाप बढेको ट्राफिक कार्यालयले जनाएको छ । आइतवारवाट केही सरकारी कार्यालय खोल्ने सरकारी निर्णयसंगै उद्योग र कलकारखाना समेत खुलेका कारण पनि सवारी चाप बढेको टफिक प्रहरीको भनाई छ ।

काठमाडौंको मुख्य सडकहरुमा गाडीको चाप बढेपछि ट्राफिक जाम पनि भएको छ । सवारी पास नलिएकाहरु पनि सडकमा देखिएपछि प्रहरीले त्यस्ता सवारी धनीलाई कारवाही समेत गरेको छ । आइतवार मात्र ६ घण्टाको अवधिमा ११ सय ५ वटा गाडीलाई होल्ड गरिएको प्रहरीले जनाँएको छ । पास नलिएर हिँडेकाहरुलाई प्रहरीले होल्ड गरेको हो ।

लकडाउन उल्लंघन बढ्न थालेपछि आइतवार ट्राफिक प्रहरीले चेकजाँचलाई समेत कडा पारेको जनाएको छ। हिजो शनिबार र पानी समेत परेकाले उपत्यकाभित्र गाडीको चाप केही कम देखिए पनि आज अलि बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उद्योग धन्दा, कलकारखाना संचालन गर्न दिने सरकारी निर्णय संगै गाडी चलाउन पास प्राप्त भएकाहरु पनि थपिदै गएको देखिएको छ । आइतवारवाट बैंकहरु पनि खुल्ने भएका छन् । मालपोत, भूमीसुधार लगायतका सरकारी कार्यालय सञ्चालन गर्ने निर्णयसंग उपत्यकामा सवारी आवागमन ह्वात्तै बढेको हो । ट्राफिक प्रहरीले अत्यावश्यक सरकारी कार्यालयमा सेवा नरोकिएको, बाहिरी जिल्लाबाट समेत काठमाण्डौ भित्रने क्रम बढेको र विकास निर्माण तथा कृषि सामग्रीका गाडीलाई नरोकिएको हुँदा चहलपहल बढेको जनाएको छ ।

लकडाउनले जनजीवन र आर्थिक क्रियाकलापमा समेत असर पर्न थालेका कारण मानिसहरु लकडाउनको पर्वाह नगरी काममा निस्कन थालेका छन् । सडकमा साना र निजी गाडीहरु अरु दिनको तुलनामा धेरै चलेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments