काठमाडौं । बिहीबार मध्यराति काभ्रे प्रहरीलाई नेत्र विक्रम चन्दको समुह र स्थानियबीच झ डप भएको खबर काभ्रे प्रहरीकोमा आयो । कसैले फोन गरेर यस्तो सुचना दियो । त्यती मात्र होइन विप्लव समुहले घोप्टे खोलामा बम समेत राखेको भन्दै अर्को फोन आयो । मध्यरातमा स्थानियबासीले यस्तो फोन गरेपछि प्रहरी टोली र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फ गयो ।
खोलामा बम राखेर स्थानियसंग झ ड प भइरहेको भन्दै ग म्भिर सूचना आएपछि सेनाको टोली र प्रहरीको टोली त्यस तर्फ गएको हो । स्थानियले विप्लव समुहले हतियार र गो ली समेत चलाएको जानकारी प्रहरीलाई दिएका थिए । त्यसैले सतर्क अवस्थामा मंगलटार इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरीका दुई र सशस्त्रको समेत एक टोली घटनास्थलतर्फ गए।
काभ्रे जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविकुमार पौडेलका अनुसार प्रहरी पुग्दा भने विप्लव समुहको टोली उनीहरू जंगलतर्फ भा गि सेका थिए। विप्लव समूहले त्यहाँ स्थानीयले रोपेका बुद्धचित्तका बिरुवा न ष्ट गरेको पाइएको प्रहरीले जनाएको छ । जसवाट त्यहाँ विप्लव समुहको उपस्थिती भने भएको थियो भन्ने बुझ्न सकिन्छ ।
बुद्धचित्तको सुरक्षामा बसेका स्थानीयलाई ह प्काउँदै उनीहरूले बिरुवा न ष्ट गरिदिएको प्रहरीले जनाएको छ। घटनामा विप्लव समूहका सिन्धुली इन्चार्ज सागर मैनालीको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ। उनी सिपालीकै हुन्।