सम्पादकीयः-निलेश अधिकारी / बाबुराम अधिकारी
काम कुरा एकातिर गोप्य सुचनाहरु बाहिर बाहिर गैरहेका धेरै कुराहरु जानकारीमा आएका छ्न ! हाल नेपालमा ४०,००० भन्दा बडि रॉ(RAW)रिसर्च एंड एनालिसिस विंग-भारतका सदस्यहरु सक्रिय छ्न ! त्यसलाईनै आधार मान्ने हो भने बिश्वभरिका खुपिया संस्थाहरुका लाखौ सदस्यहरु नेपालमा सक्रिय भै आ-आफ्नो देश अनुकुलको कार्य गर्दै,गराउदै आएका छ्न ! काम काज देखाउने नेपालको तर गोपनियताका कुराहरु पर्दा पछाडी आफ्ना बिभिन देशहरुकालागि खुपिया सुचनाहरु चुहावट र बेच बिख्न गर्ने कार्यमा लागि परेका छ्न भन्न सकिन्छ ! अझ सरल तरिकामा भन्ने हो भने खान पान, तलव भत्ता,सेवा सुबिधा आदि नेपालको अनि गुनगान अन्य देशहरुको गाउने भन्दा पनि फरक नपर्ला ! हाल आएर नेपालको सम्मानित प्रदेश सभा, प्रतिनिधी तथा राष्ट्रिय सभामा पनि यस्तै यस्तै केहि भयाभह लक्षणहरु बुझन, देख्न र सुन्न सकिन्छ ! यस्ता गतिबिधी जुन देशले गरे वा गरायता पनि यस्तो कार्यबाट कुनै पनि छिमेकी वा अन्य देशहरुको हित नहुने र ती देशको कुटनीतिक, परराष्टनीति तथा छिमेकी देशहरुसंगको सम्बन्ध पनि बिग्रनगै द्दिर्धकालिनरुपमा समेत ती देशहरुकालागि फलदायक नहुने हुनाले बेलैमा ती देशहरु सजक भै अरु देशको आन्तरिक मामिलाहरुमा भाजो हाल्ने कार्य गर्न हुन्न भन्नि कुरामा सजक हुनु जरुरी छ !
अरु देशहरुमा जस्तै नेपालमा पनि देश बिकासको धेरै नै सम्भावनाहरु हुदा हुदै पनि बिभिन्न अड्चन हुने गरि छिमेकी देशहरुले आफ्नो अनुकुल पार्ने गरि पहुचको बलमा कसरी हुन्छ बिकासका कामहरु रोक्ने,अड्काउने, समय कटाउने मात्र कार्य गरेर नेपालमा बिकासको घांटि थिचिरहेका छ्न ! त्यसमा पनि इन्डिया सरकारले बिभिन्न खानि तथा नदि,नालाहरुमा स-साना, ठुल्ठुला परियोजना निर्माण गर्ने भन्दै बषौ देखि कार्यहरु रोक,छेक गरि राखेको तर बर्षौ बितदा पनि काम कार्वाही अ्गाडी नबाडाउने गरेको देखिन्छ भने अहिले आएर नेपालको अर्को छिमेकी देश चीनले पनि नेपालमा बिकाशका केहि कार्य गर्दै आफ्नो देशहितकोलागि नेपाललाई प्रयोग गर्न खोजेको जस्तो महसुस गरिएको छ ! साचो अर्थमा नेपालको बिकासनै गर्ने हो भने नेपालले एक बिज्ञ टोली निर्माण गरि छिमेकी देशहरुसंगको असमान सन्धीहरु खारेज गरि नंया सन्धीहरु गर्न सक्नु पर्छ, देशको सीमानामा रेखाकंन गरि सुरक्षित राख्न सक्नु पर्छ, ठुलो संख्यामा सीमा सुरक्षा फौजको ब्यवस्था गरि दुई छिमेकी देशहरुसंग सम्मानजनक कार्य गर्दै इन्डिया र चीन बिच संतुलित कुटनीतिक सम्बन्ध कायम गरि नेपाललाइ दुई देश बिचको ट्रांन्जिट पोंइट बानाई मित्रता कायम राख्न सक्नु पर्छ र तराई,पहाड,हिमालका नागरिक एक हुने गरि राष्ट्रिय एकता गराउने कार्य गर्नु पर्छ ,दोहोरो नागरिकता खारेज गर्नु पर्छ, राष्ट्रियताका बिषयमा सरकार सधै अडिक रहन सक्नु पर्छ यी र यस्ता बिषयलाई ध्यानमा राखेर नेपाल सरकारले बुद्दिजीबी र बिज्ञहरुको परामर्स र सुझाव अनुसार राज्यले काम गर्न सक्नु पर्छ !
नेपालको संदर्भमा देशहितकालागि गरिने राष्ट्रिय साना,ठुला कार्य योजना तर्जुमा गर्नु पर्दा बिदेशी सहयोगी सस्थाहरु विश्व बैंक,ए. डी. पी. लगाएत आर्थिक सम्पन्न राष्ट्रहरुसंगको आर्थिक सहयोग बिना राष्ट्रिय योजना तयार गर्न सक्ने अवस्था नरहेका देशहरुलाई सम्पन्न बिदेशी राष्ट्रहरुले आफ्नो देशको अनुकुल हुने गरि सहयोग दिने र योजना निर्माण गर्ने प्रचलनले बिकासोन्मुख राष्ट्रहरुलाई नराम्रोसंग थिचोमिचोमा जगडेको देखिन्छ ! त्यसमा पनि हाम्रा देशका राजनीतिक पार्टीका ब्यक्तिहरु प्रयोग गरि आ-आफ्नो देश हितको कार्यमा प्रयोग भए गराएको पाईन्छ ! जसरी पनि आ-आफ्नो देश हितको योजना सम्पन्न गर्न ब्यक्तिगत स्वार्थ वा बाध्यतामा पारि गरिने त्यस्ता मिचाह कार्यले कुनै पनि छिमेकी देश वा आफ्नो देशको हित हुन्न भन्ने कुरामा पनि हाम्रा नेताहरुले मनन गर्न सक्नुपर्छ ! देश बिकासमा समग्र राज्यको फाईदा हुने कार्यमा मात्र नेपाल सरकार, राजनीतिक पार्टीहरुको ध्यान जानु पर्छ ! नेपालको राजनीति पार्टीका ब्यक्तिहरुले देश र राष्ट्रको स्वार्थ भन्दा पनि आफ्नो आफ्ना पार्टीको अनुकुल बनाउने परिपाठीले देश बिकासमा ठुलो नोक्सानी ब्येहोर्नु परेको छ ! तसर्थ नेपालका बिभिन्न पार्टीका ब्यक्ति वा नेताहरु नेपालमा रहेका बिभिन्न दुतावास धाउनु भन्दा देश हितको कार्यमा लाग्नु उत्तम हुन्छ ! होईन भने ठुलो राजनीतिक आधिवेरीले नेपालको राजनीतिक परिर्वतन नगर्ला भन्न सकिन्न !
लेखक द्वैय-सम्पादक तथा सामाजिक अभियन्ता निलेश अधिकारी/ बाबुराम अधिकारी पूर्व प्रधान सम्पादक परिर्वतन-साप्ताहिक हुनुहुन्छ !