23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराष्ट्रियकार्यकक्षमा बेहोस भएर लडेका प्रहरी नायब निरीक्षकको निधन

कार्यकक्षमा बेहोस भएर लडेका प्रहरी नायब निरीक्षकको निधन

काठमाडाैं । ललितपुर महानगरीय प्रहरी प्रभाग लुभूका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) टेकबहादुर माझीको निधन भएको छ । अल्का अस्पतालमा उपचाररत उनको शनिबार बिहान निधन भएको हो । शुक्रबार अपरान्ह कार्यकक्षमै बे’होस भेटिएका माझीको उपचारको क्रममा शनिबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार साँझ अस्पताल भर्ना गरिएको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले सई माझीको अल्का–२ मा उपचारको क्रममा निधन भएको पुष्टि गरे । गम्भीर अवस्थामा अस्पताल लगिएका माझी कार्यक्षेत्रमै खटिएको समयमा लडेको एसएसपी राईले बताए । कार्यकक्षमै ढलेर रगत भोमिट गरेका सई माझीलाई तत्कालै पाटन अस्पताल लगिएको थियो ।

टाउकोमा रगत जमेको पत्ता लागेपछि उनको शुक्रबार रातिनै पाटन अस्पतालबाट अल्का अस्पताल रिफर गरिएको एसएसपी राईले बताए । शल्यक्रियापश्चात पनि उनलाई बचाउन नसकिएको प्रहरीको भनाइ छ।

रामेछाप घर भएका खटिएका माझी संगठनमा इमान्दार र क्षमतावान प्रहरीको रुपमा चिनिन्थे । दुई महिनाअघि मात्र लुभुमा इञ्चार्जका रुपमा माझीलाई जिम्मेवारी दिइएको थियो । अस्पताल पुर्‍याइएका उनको टाउकोमा रगत जमेका कारण अपरेसन गरिएको थियो । अपरेसन सफल भएका माझीको आज बिहान निधन भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments