निमा पोङ्स्युवा
धरान / साहित्यलाई टेवा पुर्याउने उद्देश्यले धरानमा स्थापना भएको कालकुट साहित्यिक मंचले एक वर्ष पूरा गरेको छ।
शनिबार वर्ष पुगेको उपलक्ष्यमा केक काटेर वार्षिक उत्सब मनाएको हो।धरान उपमहानगर वडा नम्बर १३ को सभा भवनमा भएको कार्यक्रम मा युबा कवि प्रकाश दिपसालिलाई सम्मान गरिएको छ।दिपसालिले बिगत समयदेखि साहित्य को कविता बिधामा कलम चलाउदै आएकाले उनलाई सम्मान गरिएको कुरा आयोजकले जनाएको छ।कवि दिपसालिलाई सम्मान पत्र र नगद पाँच हजारले सम्मान गरेको हो।कवि दिपसालिलाई प्रमुख अतिथी सुमन पोख्रेल,अध्यक्ष मणिराम गोठाले लगायतले सम्मान गरेका हुन।
कार्यक्रमलाई शुभकामना मन्तब्य दिदै वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेले कालकुट साहित्यिक मंचलाई बिगतमा पनि सहयोग गरिदै आएको बताउदै।आफ्नो पदावधिसम्म सहयोग गर्ने प्रतिबद्धता जनाए। कालकुट साहित्यिक मंच हालसम्म आधिकारिक रुपमा दर्ता नभएकोले दर्ता गर्न सुझाव दिए।सहयोगी हात फैलाउन दर्ताले थप सहयोग मिल्ने बताए।वडा नम्बर १३ ले पनि बजेट विनियोजन गरिएको जानकारी दिदै आगामी दिनमा पनि बजेटको व्यावस्था गरिने बताए।
वार्षिक उत्सबलाई शुभकामना दिदै प्राध्यापक डा.भिम्क खतिवडाले आफुले ९ वटा रस पढेको भन्दै कालकुटले १० औ रस थपिएको बताए।खतिवडाले पहिचानको नाममा अहंकार त्याग्नुपर्ने भन्दै त्यही अहंकारलाई नै बाहुनबाद भनिने बताए।बाहुनबाद बाहुनमा मात्र नभएर तामाङ लिम्बुमा पनि भएको भन्दै बर्गिय अहंकार नै बाहुनबाद भएको बताए।मान्छे जात र कपालले नभै कर्मले परिपक्व हुने बताए।उनले समाजलाई जागरण र उत्प्रेरणा दिने खालको लेख आउनुपर्ने बताए।
कार्यक्रम मंचका अध्यक्ष मणिराम गोठालेको अध्यक्षतामा भएको हो।कार्यक्रममा नियमित मासिक प्रस्तुती जस्तै ४ जना कवि र ४ जना गजलकारको रचना प्रस्तुत गरिएका थिए।रचना प्रतुत गर्नेहरुमा मुकुन्द प्रयास,सन्तोष थेबे,ज्ञानु राई,प्रदीप योङ्हाङ,परिक्रमा श्रेष्ठ,अनन्त अनुराग,देवान किराँती,युबराज अज्ञानी रहेका थिए।
प्रकाश दिपसालीको छोटो परिचय
बुबा टिकाराम दिपसालिको छोरा,
आमा दौलथमाया नुम्निहाङ राई,
जन्म: बि. स. २०४० भोजपुर बोया
हाल : बराह नगरपालिका वडा नम्बर -३ घायल बस्ती २०७१
सम्मान तथा पुरस्कार :
रामप्रसाद स्मृति पुरस्कार (२०७३)
हसनपुर साहित्य सम्मान (२०७६)
रघुबिर स्मृति साहित्य पुरस्कार (२०७६)
भोजपुर जिल्ला स्तरीय कविता प्रतियोगिता प्रथम २०६७,
बिमल राष्ट्रिय कविता महोत्सव प्रथम (२०६९)
बान्तवा भाषा राष्ट्रिय कविता प्रतियोगिता प्रथम (२०७०)