महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत (प्रहरी सहायक निरीक्षक) असइ विष्णु कार्कीले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।
दोलखा स्थायी घर भएका उनले आइतबार बिहान डिउटीमै रहेको बेला आफुले आफैँलाई गोली हानी आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। एसएसपी ज्ञवालीले भने, ‘प्रारम्भिक अनुसन्धानबाट उनले आफैलाई गोली हानेर आत्महत्या गरेको खुल्न आएको छ।’
राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठामा गएका कार्की आइतबार बिहान मृत फेला परेका महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार बिहान अबेरसम्म कार्की नउठेपछि हेर्न जाँदा कोठामा चुकुल लगाइएको थियो। ढोका फोरेर हेर्दा कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका सुवेदीले बताए। नयाँ पत्रीकाबाट