– निमा पोङ्स्युवा
धरान / चिनमा फैलिएको कोरोना भारसका कारण संखुवासभा जिल्लाको उत्तरी भेग शिङ्सा क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यन्न अभाव भएको छ।
खाद्यान्न अभावलाई सहज बनाउन संखुवासभा जिल्लाको तुम्लिङटारबाट हेलिकप्टरमा खाद्यान्न ढुवानी गरिरहेको कुरा भोटखोला गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत फुर्पु भोटेले जानकारी दिएको छ।सेनाको हेलिकप्टरबाट शनिबारदेखि खाद्यान्न ओसार्ने काम भएको निमित्त अधिकृत फुर्पु भोटेले जानकारी दिए।तुम्लिङटारबाट ५ हजार किलो खाद्यान्न ढुवानी भएको छ।हेलिले सो खाद्यान्न चिनको सिमाना रहेको तत्कालीन किमाथांका गाबिस हालको भोटखोला गापा वडा नम्बर १ किमाथांकामा राखिएको छ।ढुवानी महंगो पर्ने हुनाले हाललाई नेपाल सरकारको तर्फबाट गाउँपालिकाको सामग्री ब्याबस्थापनमा ढुवानी भएको हो।
किमाथांकामा हाल ८६ घरपरिवार रहेका छन।त्यसैगरी शसस्त्र प्रहरी,जनपद प्रहरी,मकालु बरुण राष्ट्रिय निकुञ्जका कर्मचारी लगायतलाई उक्त खाद्यान्नले राहत पुग्ने बताएको हो।कोरोना भाइरसका कारण किमाथांका र चिनको डेन्दाङमा नाकाबन्दी यहि माघ ५ गतेदेखि भएको हो।ढुवानी महंगो भएका कारण आगामी दिनमा ट्याक्टरबाट नै च्याम्ताङसम्म लाने योजना रहेको बताए।हाल किमाथांकासम्म ट्र्यक खोल्ने काम हुदैछ भने ट्र्याक च्याम्ताङ्सम्म पुगेको छ।त्यहाबाट किमाथांका जोड्न १४ किलोमीटर बाकी छ।
दोहोरो रुपमा आवातजावत र नाकाबन्दीपछि पुर्ण रुपमा ठप्प भएको छ।चिनको डेन्दाङमा नेपाली नागरिक १४ जना रहेकोमा सबैलाई फिर्ता गरिएको छ।जसमा भोटखोला गापाका १२ जना र ताप्लेजुङ जिल्लाका २ जना रहेका छन।डेन्दाङसम्म कोरोना भाइरस आईनसके पनि रोगबाट प्रभावित नहोस भन्नको लागि दुबै तर्फबाट रोकथामको उपाय गरिएको हो।