उत्तर कोरियाका नेता किम जोङ उनले चीनका राष्ट्रपति सी चिनफिङलाई व्यक्तिगत सन्देश पठाएर कोरोनाभाइरस महाव्याधि नियन्त्रणमा ल्याएकोमा बधाई दिएका छन् ।

उत्तरको सरकारी सञ्चारमाध्यमले यसको खबर दिएको हो ।
चीन उत्तर कोरियाको सबभन्दा महत्त्वपूर्ण साझेदार तथा अर्थतन्त्रको जीवनदाता हो । उत्तरको ९० प्रतिशत कारोबार चीनसँगै हुन्छ । चीनमा कोभिड–१९ को संक्रमण घट्न थालेकाले उत्तरले सीमापार व्यापारका लागि चप्नलाई पुकार्न खोजेको केही विज्ञहरूले बताएका छन् ।
दक्षिण कोरियाको जासूसी संस्थाले सांसदहरूलाई एक गोप्य ब्रीफिङमा उत्तर कोरिया तथा चीनबीचको व्यापार पहिलो त्रैमासिकमा पोहोर सालभन्दा ५५ प्रतिशतले घटेको जानकारी दिएको थियो । मार्च महिनामा द्विपक्षीय व्यापारमा ९१ प्रतिशतले गिरावट आएको उक्त संस्थाले बताएको भनी सांसदहरूले जानकारी दिए ।
उत्तरले जनवरी महिनामै चीनसँगको सीमा बन्द गरेर हजारौं मानिसलाई क्वारेन्टीनमा राखेको थियो । आफ्नो देशमा एउटा पनि संक्रमणको केस नरहेको उसले बताउँदै आएको छ तर बाहिरका मानिसले त्यसमा शंका व्यक्त गरेका छन् ।