26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeविविधकोभिड १९ को असर र बिश्व आर्थिक अवस्थाको अनुमान

कोभिड १९ को असर र बिश्व आर्थिक अवस्थाको अनुमान

सम्पादकीय – निलेश अधिकारी

कोभिड १९ को असर र बिश्व आर्थिक अवस्थाको अनुमान

गरीब देशको मागी खाने बाटो बनेको छ हालको नेपालको राजनीति । देशकोलागी केहि गर्न सक्ने जनशक्ति बिदेशमा नै रमाऊने स्थिति छ भने शिक्षितहरु बेरोजगारीको पिडामा रुमल्लिनु परेको छ । ठुला-बडाको चाकडी नगरेसम्म मौका नपाइने हाम्रो देशमा नेताहरु भने जनताको सिप र योग्यताको कदर गर्दै देश विकासमा लाग्नु भन्दा पावरमा नै रमाउने, अंकार र घमण्डको राजनीतिमा लुप्त भएर धन-सम्पत्ति जोडदै कुर्सी बचाउने राजनितीको फोहरी खेलमा नै रमाउने गरेका छ्न । यहि हो अहिलेको वास्तविक नेपालको राजनीतिक धरातल ।

देशको आर्थिक अवस्था र व्यवस्थाको कुरा गर्दा कोरोना भाईरस पछि नेपालको अर्थ-व्यवस्था कस्तो होला ? नेपाल सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन घोषणा गर्यो भने आर्थिक शक्ति सम्पन्न राष्ट्रका लागि यो महामारी महा–विध्वंसकारी साबित हुन थाल्यो । हाम्रो जस्तो विपन्न र गरिब राष्ट्रकोलागि त यो अभिशप्त नै हुन पुग्यो। वल्डोमिटर्सका अनुसार बिश्वको कुल जनसख्या ७ अर्ब ८० करोडको हाराहारीमा रहेको, मृत्यु दरको तुलनामा जन्म दर दोबरले वृद्दि हुदै जानु, उद्योग-कलकारखाना, होटल, पर्यटन,विद्युत गृह्,धर-जग्गा, रेमिट्यान्स जस्ता बिकाशका पूर्वाधार पुर्णरुपमा ठप्प हुँदा देश बिकाशकोलागि ठुलो क्षति हुनु हो । अहिलेसम्म गरेका पूर्व प्रक्षेपण अनुसार कोरोना भाइरसबाट विश्व अर्थतन्त्रमा ठूलो धक्का लाग्ने पक्का पक्कि नै छ। विश्व अर्थतन्त्रको बृद्विदर ३ प्रतिशत भन्दा बढीमा खुम्चिने अनुमान आइएमएफले गरेको छ। ब्लुमबर्ग म्यागजिनका अनुसार विश्व अर्थतन्त्रमा कोरोना भाइरसबाट २७० खर्ब रुपयाँ भन्दा बढी क्षति हुने देखिन्छ। दक्षिण एसियाको अर्थतन्त्र पनि ४० वर्षयताकै कमजोर बन्ने र आर्थिक बृद्विदर १.८ देखि २.८ प्रतिशत सम्ममा सीमित हुने विश्व बैंकको पूर्वानुमान छ।

यो माहमारीलाई कसरी पार लगाउन सकिन्छ भनि संसारका विभिन्न देशहरुले भ्याक्सिनको प्रयोग, रोकथामको उपाय विभिन्न राहत प्याकेजको योजना ल्याइरहेका छन्।अमेरिकाले २४२.५ खर्ब डलरको राहत प्याकेज घोषणा गरेको छ भने दक्षिण एसियामा भारतले सबै भन्दा ठुलो २२.५ अर्ब डलर र बंगलादेशले ८.५ अर्ब डलर बराबरको राहत प्याकेजको घोषणा गरेका छन । त्यस्तै युरोपेली तथा अन्य मुलुकहरुले पनि विभिन्न आर्थिक राहत प्याकेज ल्याई देशका आमनागरिकहरुलाई कसरी सेवा दिन सकिन्छ भनि योजना बनाइरहेका छन भने नेपालले अहिले सम्म त्यस्तो कुनै पनि प्रभावकारी राहत प्याकेजको घोषणा गर्न सकेको छैन भन्दा पनि हुन्छ ।

त्यसैले अबका दिनहरु आम नेपाली नागरिककोलागि कष्ठकर बन्ने देखिन्छ र दैनिकी सामान्य हुन पनि लामै समय लागने प्रष्ट हुन्छ। धर भाडामा १ महिना छुट दिने, बैंक लोनमा १-२% सम्म छुट दिने, शिक्षामा महिनामारी शुल्क छुट दिने जस्ता काम पनि बैज्ञानिक पद्धति र दीर्घकालीन सोचमा आधारित छैन यो त केवल देखाउने काम मात्र हो भन्दा पनि हुन्छ । कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा पनि कम्तिमा दुई खर्ब भन्दा बडीको नोक्सानी गर्ने अनुमान पुर्व गभर्नर तथा अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् भने विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतमा खुम्चिने र यो क्रम सन २०२१ मा पनि निरन्तर रही सन २०२२ पछि मात्र सुधार हुने पूर्वानुमान रहेको छ।

नेपाल सरकारले अवका दिनमा अर्थतन्त्र पुनरूत्थानका लागि कुनै ठोस किसिमको प्याकेज नल्याए आर्थिक, सामाजिक र राजनीतिक पाटोमा गहिरो असर पर्ने देखिन्छ । यो महामारीबाट नेपालमा सबैभन्दा बढी कृषि, होटल, पर्यटन,उधोग,बिधुत गृह,धर-जग्गा, रेमिट्यान्स जस्ता क्षेत्रमा बढी प्रभाव पार्ने देखिन्छ। यसपछि निरन्तर उत्पादन, रोजगारी, शिक्षा,स्वास्थ्य, कारोबार लगायत समस्त आर्थिक क्षेत्रमा गहिरो असर पर्ने देखिन्छ।

बिभिन्न स्रोतहरुबाट अहिलेसम्म गरेका पूर्व सर्वेक्षणका अनुसार कोरोना भाइरसबाट विश्व रोजगारमा ५ मध्य ३ बेरोजगार हुने अनुमान गरिएको छ । अब सहजै अनुमान लगाउन सकिन्छ कि हाम्रो जस्तो बैदेशिक रोजगारमा निर्भर मूलुकको कस्तो अवस्था होला जब बिश्वभर आर्थिक अस्थिरताको स्थिती हु्न्छ र ५०-६० लाख मध्य १०-२० लाख मात्र नेपाली नागरिक नेपाल फिर्ता हुदा देशको अवस्था कस्तो होला । देशको अर्थतन्त्रको ठुलो हिस्सा ओगटेको रेमिट्यान्स नआउदा हुने हानि नोक्सानी त छदैछ त्यसमा पनि देश भित्रै शिक्षित बेरोजगारको संख्या अधिक मात्रमा बेरोजगारीमै रहेको यस्तो समयमा नेपाल सरकारले कस्तो नीति तर्जुमा गर्ला ? आर्थिक शक्ति सम्पन्न राष्ट्र अमेरिकामा पनि देशको कानुननै परिर्वतन गरि पहिला अमेरिकनलाई नै प्रथामिक्ता दिने जस्तो मोडल तयार पार्न लागेको यस्तो स्थितीमा नेपालले कस्तो रणनिती तयार गर्ला त्यो त समयले देखाउने नै छ! त्यसकारण राजनितीज्ञले भाषणमा मात्रै होईन अब केहि गरेर देखाउनु पर्छ, होईन भने समयले मूल्याकंन गर्ने छ जुन हाम्रो जस्तो देशको लागि घातक साबित हुन सक्छ ।

विश्वका धेरै राष्ट्रले युद्ध, महामारी, दैवी प्रकोप, भोकमरी र गरिबीबाट पाठ सिकेर द्रुत विकास गरि समृद्धि पाएका छ्न । नेपालले पनि विगतको प्रजातान्त्रिक आन्दोलन, माओवादी जनयुद्ध, भूकम्प जस्ता दैवी प्रकोप र भारतीय नाकाबन्दीको सामना गरेकै हो ।यो समय एक आपसमा राजनितिक लडाई, झगडा गर्नु भन्दा सबै राजनीति पार्टीहरु एकै ठाउमा आइ आगामी दिनको सुनैलो नेपालको लागि काम गर्नु पर्छ । यो हाम्रो जस्तो देशको लागि कुनै चुनौती नभई अवसरको रुपमा पनि लिनु पर्छ र क्षति पुग्ने क्षेत्रहरुमा हुने नोक्सानीलाई दृष्टिगत गरेर सरकारले राहत प्याकेजको घोषणा गर्दै कृषि उधोग,होटल, पर्यटन,बिधुत,धर-जग्गा जस्ता क्षेत्रमा कोरोनाबाट पुग्ने असरको भर्पाइका सम्बन्धमा सम्बोधन हुन सकेमा उद्योगी ,ब्यवसायीहरु उत्साहित भै ब्यवसायिक सफलता लिन सक्ने छ्न र यस्को प्रतिफल अल्पकालीन नभई दीर्घकालीन हुन सक्ने छ भन्ने अनुमान लगाउन सकिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments