प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन् । उनले आज बिहान ट्विट गर्दै भने, “कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सुत्केरी महिलाको निधनको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ ।”
उहाँले मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् । नेपालमा पहिलो पटक सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसबाट शुक्रबार निधन भएको थियो । ओलीले कोरोना भाइरस न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनलाई थप सशक्त बनाउने घोषणा गरेका छन् ।
शनिवार नेपालमा पहिलो पटक कोरोना संक्रमितको निधन भएपछि प्रधानमन्त्री ओलीले सरकारले जारी गरेको लकडाउनलाई थप सशक्त बनाउने सामाजिक सञ्जाल ट्वीटरमार्फत घोषणा गरेका छन् ।
प्रधानमन्त्री ओलीले लेखेको ट्विट यस्तो छ
–कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको निधनको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु। यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ।
त्यस्तै जारी लकडाउनबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् वैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने वैठकले लकडाउनबारे थप निर्णय लिने बताइएको छ। अहिले जारी लकडाउन सोमबारदेखि सकिदैंछ।