जसरी विश्व यतिबेला कोरोनाको महामारीबाट गुज्रिरहेको छ, नेपाल पनि त्यसबाट अछुतो छैन । जुन तरिकाले ठूला र शक्तिशालि भनिएका देशहरुमा तीव्र रुपमा फैलिएको छ भलै नेपालमा फैलन पाएको छैन भनौँ या त देखिएको छैन । जे होस सरकारी आधिकारिक तथ्यांकअनुसार अन्य देशको तुलनामा न्युन नै मान्नु पर्दछ । तर यसो भन्दैमा खुशी हुने ठाउँ भने हामीसँग छैन । किनकी अझै धरै मानिसहरु क्वारेन्टाइनमा रहेको र कतिपयको रिपोर्ट आउन समेत बाँकी नै छ । साथै विभिन्न मुलुकहरुबाट आउनेहरुको पहिचान गर्ने कार्य पनि जारी नै छ ।
त्योभन्दा ठूलो जोखिम खुल्ला सीमानाका हुन् । कतिपय नाकामा कडाइ गरिएको भनिए पनि भारतमा मजुदुरी गर्न गएका नेपालीहरु लुकीछिपी आउने क्रम पनि उत्तिकै छ । सँगै क्वारेन्टाइनबाट भागेको खबरहरु पनि सञ्चारमाध्यमहरुमा आइरहेका छन् । उनीहरुले त्यतिकै जोखिम निम्त्याइरहेका छन् । यसर्थ अझै सतर्कअपनाउन जरुरी छ ।
यहाँ कोरोनाको मात्रै चर्चा गर्न खोजिएको भने होइन । तर सानादेखि ठूला भनिएका राष्ट्रहरुले समेत अहिले कसरी मानवीय क्षेति व्यहोरी रहनु परेको छ भन्ने कुरा दर्शाउन खोजिएको हो ।
इतिहासलाई नै फर्केर हेरौँ । विभिन्न बिकास क्रममा मानवले बिबिध खाले संकटहरुको सामाना गर्दै आयो । कहिले बिश्व युध्द, कहिले माहामारि, कहिले खतरनाक आधिबेहरी त कहिले बिनासकारी भुकम्पजस्ता जस्ता विसम परिस्थितिहरुको समान गर्दै आएको छ मानव जातीले ।
संसारबाट मानवता हराउँदै गर्दा प्रकृतिले खडा गर्दिने यस्ता विकराल परिस्थितिबाट मानवलाई पुनः सोच्न बाध्य बनाउँदै आएको छ । बिश्वलाइ नैै एक क्लिकबाट ध्वस्त गर्न सक्ने आणविक हातहतियार, मिसाइलसम्म आविश्कार गर्न सक्ने शक्ति राष्ट्रहरुलाई समेत कोरोना नामक भाईरसले माथ दिएको छ ।
भौतिक बिकासको चरम आनन्दबाट रमाइरहेका पश्चिमा राष्ट्रहरुले भोगिरहेको चरम संकट तीनका बैज्ञानिकलाई चुनौति तेस्र्याएको मात्रै छैन की अवका दिनमा यसले विश्व अर्थतन्त्रमा नै दुर्गामी पार्ने निश्चित छ ।
दक्षिण एसियाली मुलुक, सार्क राष्ट्रका करिब सबै राष्ट्रहरु कोरोनाको सिकार भएका छन् । वर्ण व्यवस्था कायम रहेका नेपाल भारत जस्ता देशको सामाजिक संरचनालाई समेत तहगत रुपमा बिभाजित गरिदिएको छ ।
व्यवस्था परिवर्तनले पनि ध्वस्त बनाउन नसकेको यस्ता संरचनागत बिभेदका कारण पिँधमा रहेका जनताको जीवन जति श्रम गर्दा पनि गुजरा गर्न कठिन हुने गर्थ्यो । त्यसमाथि यस्ता महामारिले आफ्नो श्रम पनि खोसिदिएपछि जीवन धान्न धौ धौ परेको छ ।
शासन र स्रोतसाधनबाट सदैब बञ्चितिमा बाचेका यस्ता जनतालाई सामाजिक दुरि र आईसोलेसनको प्रयोग बर्णवादि समाजले हजारौँ बर्षदेखि लाद्दै आएको थियो । लाखौँ करोडाँै आफ्ना नागरिक यस्तो जीवन बाचिरहँदा सत्ताधारिको बहस र बिमर्शको बिषय बन्नै नसकोको अवस्थामा कोरोनाले सबै वर्ण र बर्गकालाई फेरी पनि एकैपटक शुद्र, अस्पृस्य र आईसोलेसनमा बस्न बाध्य पार्याे ।
भनिन्छ महासंकटहरु विनास मात्रै निम्त्याउदैनन् बरु त्यो समाज व्यवस्थाभित्र धेरै उथलपुथल पनि ल्याउन सफल हुन्छन् । दक्षिण एसियाली समाजले पनि यस्तै संरचनागत उथलपुथलको अपेक्षा गरिरहेको छ । बर्ग र वर्ण बिभेदको भाईरसबाट पार पाउन हजारौँ उत्पिडित बञ्चितहरुले बलिदान गरिरहेका छन् । तर समाज र सत्ताले सदैब सक्तिको दुरुपयोग गरि ती सचेत प्रयत्न र बलिदानहरुलाई नजरअन्दाज गरिरह्यो, गरिरहेको छ । त्यसमाथि अहिलेको कारोना जस्तो विश्वब्यापी महामारीले पनि उनीहरुलाई नै थप प्रताडित गरिरहेको छ ।
नेपालको सत्ता संरचनालाई हेर्दा हाल दुई तिहाईको कम्युनिष्ट सरकार छ । शोषणकारी सामन्ति व्यवस्था ढाल्दै बर्गीय र अन्य बिभेदका सबै खाडल पुर्ने उद्देश्यले कम्युनिस्ट आन्दोलनमा होमिएका उत्पिडित र निम्न बर्गका जनताले यो सरकारमाथि ठूलो आशा र भरोसा राखेका थिए र छन् पनि तर यस्तो विषम परिस्थितिमा समेत सरकारले ती वर्गलाई सरकार भएको अनुभूति दिलाउन सकेको छ जस्तो देखिँदैन ।
यसलाई चिर्न पनि सरकारबाट तीव्र गतिमा जनपक्षीय अज भनौँ ती वर्गको हीतमा काम गर्न जरुरी छ । लाचार भएर जनअपेक्षा र आवश्यकतालाई बेवास्ता गरेर भ्रष्टाचारमा लिप्त मात्रै रहने हो भने भोलि तीनै जनताले व्यवस्था बिरुद्ध नै आवाज उठाउन थाल्नेछन् जसलाई रोक्ने नैतिकता सत्ताधारिले गुमाईसक्या छन् ।
ईतिहासमा गरेको योगदानको सधै भजन गाएर जनता र देशको भविश्य बर्वाद गर्ने छुट कसैलाई छैन ।
कोराना जसले विश्वमा तहल्का मच्चाइरहेको छ । यसबाट कहिलेसम्ममा छुटकारा पाइने हो सहजै भन्न सक्ने अवस्था छैन । तर, भविश्यमा कारोनाबाट उन्मुक्ति पाइसकेपछिको दिन पनि त्यति सहज भने पक्कै छैन ।
नेपालमा मात्रै होइन विश्वका धरै मुलुक लकडाउनमा छ । उद्योग, कलकाराखाना, ब्यापार व्यवसाय सहज रुपमा चल्न सकेको छैन । आर्थिक हिसावले सम्पन्न र शक्तिशाली राष्ट्रहरुलाई पुरानै अवस्थामा फर्कन त्यति धरै मुस्किल नपर्ला तर नेपाल जस्तो विकासोन्मुख देशहरु भने झनै पछाडी पर्ने निश्चित छ ।
यसर्थ समय छदै केही गर्ने सोच गरौँ । आशाको दियो जलाउन शुरु गरौँ । आगामी दिनहरु हाम्रा लागि अझ चुनौतिपूर्ण हुनेमा कुनै शंका छैन । किसान र दैनिक श्रम गरेर बाँच्नेहरुको सम्मान गर्दै उनीहरुलाई उचित अनुदान, ज्याला, सम्मान र बिमाको व्यवस्था गरौँ जसबाट कुनै किसान वा श्रमिकले पेशाबाट पलायन हुने, आत्माहत्या गर्नु पर्ने अवस्था सिर्जना नहोस् ।
कोरोणापछिका दिनमा आबश्यकता र प्रयोग बिहिन अकुत जग्गा, घर र सम्पत्तिलाइ मापदण्ड बनाई राष्ट्रियकरण गरि किसान, श्रमिक र पिधमा परेको जनतालाई उचित लिजमा प्रदान गरि उत्पादनमा लगाउँ । बिकासमा पिधमा परेका जनताको आवश्यकता र सहभागितालाई ध्यान दिउँ । सबैमा आपसी भाइचारा कायम गरौँ ।
प्रदिप घताल
(लेखक समाजवादी पार्टीका संघीय परिषद्का सदस्य एवं यूथ फर नेपालका संयोजक हुन्)