26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
HomeUncategorizedकोरोनाबाट बच्न गुर्जो लगायतको जडिबुटी सेवन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोनाबाट बच्न गुर्जो लगायतको जडिबुटी सेवन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

निमा पोङ्स्युवा

धरान / चिनको बुहानबाट फैलिएको कोरोना भाइरसले औषधि तथा खोप नपाई बिश्वमा महामारी रुप लिइरहेको बेला नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुर्जो लगायतको जडिबुटी सेवन गर्न आग्रह गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागले कोरोना १९ सम्बन्धमा जनहितमा जारी भन्दै नेपालमै पाइने गुडुची ( गुर्जो),असुरोको पात,बेसार,सुठो,मरिच,पिप्ला,तुलसी,तेजपात,दालचिनी,लगायत सेवन गर्न आग्रह गरिएको छ।

विश्वभरी कै बैज्ञानिकहरु खोप तथा औषधि पत्तो लगाउन लागिपरेको बेला स्वास्थ्य मन्त्रालय आयुर्वेद बिभागले जनहितमा यस्तो कुरा जारी गरिएको हो।

गुर्जो डेङ्गु भाइरसमा समेत प्रभावकारी देखिएको छ।कोरोना तथा डेङ्गुमा मुख्यगरि उच्च ज्वरो आउने लक्षण हुन्छ।साथै सुक्खा खोकी समेत लाग्ने गरेको पाइएको छ । गुर्जो चिसो विरुद्ध तथा रगतमा रहेको प्लेटलेट्स बढाउन सक्ने क्षमता भएको गुण हुन्छ।त्यसैगरी सुठो,तुलसी,मरिच,पिप्ला,त्रीफलाले सुक्खा, खोकी लागेकोमा लाभकारी हुन्छ ।


आयुर्वेद विभागले जनहितमा जारी सन्देशमा  ‘हालसम्म विश्वमा कोविड–१९ को उपचार तथा खोप तयार नभइसकेको अवस्थामा यस रोगलाई लाग्न नदिनु नै सबैभन्दा उत्तम उपाय हो । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण र एन्टिमाइक्रोबियल तथा एन्टी भाइरल गुण भएका विभिन्न किसिमका जडीबुटीहरु नियमित रुपमा प्रयोग गर्ने बानी बसालौं, भनिएको छ ।’

जडिबुटी र त्यस्को सेवन गर्ने तरिका बारे विभागले ५ वटा बुंदामा यसरी उल्लेख गरिएको छ :

१.गुुडूची (गुर्जो)–५ ग्राम आधा लिटर पानीमा पकाएर आधा बा“की रहेपछि चिया जस्तै प्रयोग गरौं ।
२.असुराको पात र बेसारलाई एक लिटर पानी पकाएर आधा बा“की रहेपछि चिया जस्तैं प्रयोग गरौं ।
३.सुठो, मरिच र पिप्ला २ ग्राम र तुलसीको पात ५ वटा एक लिटर पानीमा पकाएर आधा बा“की रहेपछि सेवन गरौं ।
४.तेजपात २ ग्रँम र दालचिनी २ ग्राम आधा लिटर पानीमा पकाएर चिया जस्तै गरी प्रयोग गरौं ।
५.नियमित रुपमा योग र प्राणयाम गर्ने गरौं ।

त्यसैगरी रोगबाट बच्न नेपाल सरकार तथा बिश्व स्वास्थ्य संगठनद्वारा निर्देशित उपायहरू समेत अपनाउन आग्रह गरिएको छ।

 १.अत्यावश्यक काम बाहेक घर बाहिर नजाऔं । २.घर बाहिर निस्किदा मुख, नाक छोप्नेगरी मास्क लगाऔं । ३.साबुन पानीले मिचि मिचि पटक पटक हात धुने बानी बसालौं । ४.अनावश्यक रुपमा मुख, नाक र आखामा हात लग्ने र मिच्ने नगरौं । ५.अभिवादनको लागि हात मिलाउने र अंकमाल गर्नुको साटो नमस्कार गरौं । कोरोनाको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments