22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियकोरोना परीक्षणका लागि सांसदहरुको स्वाब संकलन सुरु

कोरोना परीक्षणका लागि सांसदहरुको स्वाब संकलन सुरु

काठमाडौ । कोरोनाभाइरसको संक्रमण जाँचका लागि संघीय संसदका सांसदहरुको पीसीआर परीक्षण शुरु भएको छ। काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार बिहान १० बजेदेखि सांसदहरुको पीसीआर परीक्षणका लागि घाँटीको स्वाब संकलन शुरु भएको हो। 

संघीय संसदको स्वास्थ्य इकाईको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूका स्वास्थ्यकर्मीहरुले सांसदहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिरहेका छन्।

शुरुमा राष्ट्रियसभाका सांसदहरुको परीक्षण भएपछि प्रतिनिधिसभाका सांसदहरुको परीक्षण शुरु भएकाे हाे । स्वाब संकलनको काम दिउँसो २ बजेसम्म सकिने अनुमान गरिएको छ। आज सबै सांसदहरु सहभागी हुन नसके शुक्रबार बिहान पनि गरिने संघीय संसद् सचिवालयले जनाएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सदस्यहरुले पीसीआर परीक्षण नभएका सांसदहरुलाई बैठकमा सहभागी गर्न दिन नहुने कुरा उठाएका थिए। शुक्रबार दिउँसो ४ बजे संसद् अधिवेशन बोलाइएकाले स्वास्थ्य सुरक्षाको लागि पीसीआर परीक्षण गर्न विज्ञहरुले सुझाव दिएपछि परीक्षण गरिएको हो।

कोरोना भाइरसको संक्रमणका कारण बन्दाबन्दीका बीच संसद बैठक बस्न लागेकाले उच्च स्वास्थ्य सुरक्षा अपनाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments