
बैशाख ८,धरान / कोरोना उपचारका लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अस्पताल स्थापना गरिएको कुरा बाहिर आए पनि यस बिषयमा उपकुलपति भने गम्भीरता नदेखिएको आरोप स्थानीय सहित जनप्रतिनिधिले आरोप लगाएको छ।
धरान १३ शिबधाराका एक जनालाई कोरोनाको पोजिटिभ देखिएपछी एम्बुलेन्स नपाएको भनिरहँदा बिपिको एम्बुलेन्स तरकारी ओसारपसारमा प्रयोग भैरहेको अवस्थामा भेटिएको छ।यस बिषयमा उपकुलपतिसंग बुझ्दा थाहा नभएको बताए ।
संचार माध्यममा समाचार आएपछि बिहीवार बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरिले एम्बुलेन्स दुरुपयोग बारे थाहा नभएको बताए । सामाजिक अभियन्ता हर्क साङ्पाङले बिपि प्रतिष्ठानले लकडाउन पालना नगरेको बिषयमा ध्यानाकर्षण गराउने क्रममा उपकुलपति गिरिलाई एम्बुलेन्सको बिषयमा प्रश्न गर्दा जानकारी नभएको बताए।उनले धरान १३ शिबधाराका कोरोना पोजिटिभलाई हिजै बिपिमा ल्याइएको बताए।तर वडा नम्बर १३ का वडा अध्यक्ष नेत्र काफ्लेले भने बिहिवार बिहान ११ बजेपछि मात्र कोरोना पोजिटिभलाई बिपिमा लगेको बताए।वडा अध्यक्ष काफ्लेले सुनसरीका प्रमुख जिल्ला अधिकारी समेत अनभिज्ञ रहेको तथा बिपिका उपकुलपति भने यस बिषयमा बेखबर रहेको बताए।

बिहीवार नै सामाजिक अभियन्ता हर्क साङ्पाङले ओपिडी खुल्ला गरेर लकडाउन उलंघन गरेको आरोप लगाएको छ।साङ्पाङले लकडाउन परिपालना गर्नुपर्ने माग गर्दै उपकुलपतिसमक्ष ध्यानाकर्षण गराएको छ। उनले कोभिड १९ नामक बिश्वब्यापी महामारीबाट वचन नेपाल सरकारले लागू गरेको लकडाउनको मर्म बिपरित बिपि अस्पतालले सामान्य चेकजाँच सेवा समेत खुल्ला गरेको भन्दै यसरि चेकजाँच खुल्ला गर्दा बिरामीको भिडभाड बढ्न जाने तथा अन्य जिल्लाबाट बिरामी जचाउन आउने हुनाले कोरोना संक्रमण बढेर जाने दाबी गरिएको छ। उनले यसरी सेवा दिने भए पनि अनलाइन सेवामा सिमित गर्नुपर्ने माग गर्दै जनरल ओपिडी अबिलम्ब बन्द गर्न माग गरे।
उपकुलपति गिरिले स्वास्थ्य मन्त्रालय अन्तरगतको निर्देशन अनुसार खुलाएको बताए ।त्यसैगरी आर्थिक रुपमा समेत प्रतिष्ठान समस्या भएकोले पनि ओपिडी सुचारु गरिएको बताए। यसरी खुला गर्दा सिमित बिरामी मात्र जाँच गरिने उपकुलपतिले बताए। आवस्यक भएको खन्डमा बन्द समेत गरिने बताए। गिरिले कोरोना परिक्षण भनिए जस्तो १५ नलिइ निशुल्क भैरहेको स्पष्ट पारे।उनले स्थानीय सरकार धरान उपमहानगरसंग समेत समन्वय गरेर अगाडि बढिरहेको बताए ।