अनेकौं प्रकोप र महामारीहरुलाई पचाउंदै आएको मानव जातिले अहिले विश्व व्यापी फैलिएको कोरोनालाई पनि परास्त गर्ने नै छ ! कोरोना महामारी बिरुद्ध लड्न कठिन छ तर यसको समाधानको उपाय अवश्य पत्ता लाग्नेछ ! कोरोना सँगको यो लंडाइमा जीत अवश्य मान्छे कै हुनेछ, जीत हाम्रै हुनेछ ।

यति खेर पूरै विश्व कोरोना बिरुद्ध लडिरहेको परिप्रेक्षमा नेपाल सरकारले संकटकाल घोषणा गरेर लक् डाउन गरेको छ ! लक् डाउनको मतलब यो महामारी नटरुन्जेल, सामान्य तवरले हिंडडुल गर्न सुरक्षित नभइन्जेलसम्म जनतालाई घर बाहिर निस्कन नदिने जनस्वास्थ्यको लागि लागु गरिएको एक प्रकारको कर्फ्यु हो ! कोरोना संक्रमण एक मानिस देखि अर्को मानिसमा नसरोस् भन्ना खातिर लक् डाउन गरिएको हो न कि जनतालाई सास्ती दिन ! चीन, अमेरिका र युरोपका बिकसित देशहरुमा समेत लाखौँको संख्यामा कोरोना संक्रमित रहेका र हजारौं मानिसहरु कोरोना संक्रमणका कारण दैनिक मरिरहेका हुँदा हाम्रो जस्तो स्रोत-साधन र शक्तिले पिछडिएको देशमा त झन् यो भाइरसको संक्रमण फैलिए अकल्पनीय मानवीय क्षती हुने पक्का देखिएकोले सरकारले लक् डाउन गर्ने निर्णय गरेको हो ! सावधानी अपनाउन चालिएको यो सरकारी कदम प्रशंषनीय छ ! जनताको जीवन रक्षा नै एक मात्र लक्ष्य रहेको यस लक् डाउनको सबै नेपालीहरुले परिपालना गर्नै पर्दछ ! हामी सबैले सावधानी अपनाउनै पदर्छ ! दैनिक खाद्य सामाग्री र औषधी खरिद गर्नु भन्दा अरु काममा या घुमफिर गर्न, साथीभाई भेट्नका लागि घरबाट बाहिर निस्कनु हुँदैन ! बाहिर निस्कनै पर्दा पनि अनिवार्य मास्क लगाएर निस्कनु पर्दछ ! सकेसम्म सर्जिकल मास्क लगाउनु पर्दछ ! सर्जिकल मास्क नभए पनि कपडाको मास्क लगाएर मात्रै बाहिर निस्कनु पर्दछ ! बाहिर निस्केर घर फर्कंदा अनिवार्य रुपमा साबुन पानीले मज्जा सँगले २० सेकेण्ड सम्म हात धुनु पर्दछ ! दैनिक खानामा एक बिरा लसुन खान सके शरीरको रोगसँग लड्न सक्ने क्षमता बढ्ने हुन्छ ! यो समयमा चाहिँदो भन्दा धेरै परिकार बनाएर खानु हुँदैन किनकि लक् डाउन कतिन्जेल हुने हो भन्ने यकिन छैन ! नून तेल, अन्न, साग सब्जी जस्ता खाद्य सामाग्रीहरु अधिकतम सदुपयोग गर्नु पर्दछ ! कोही कसैलाई ज्वरो आयो, खोकी लाग्यो, सिंगान बग्न थाल्यो, सास फेर्न गाह्रो भयो भने नजीकैको स्वास्थ्य परिक्षण केन्द्रमा भर्ना हुनु पर्दछ ! आफुलाई कोरोना संक्रमण भएको थाहा भए डाक्टरको सल्लाह अनुसार उपचार गराउनु पर्दछ ! घरमै बसेर क्यारनटाइन गराउने सल्लाह दिएको छ भने एक्लै बस्ने, परिवारका सदस्यहरु तथा घरपालुवा जनावर देखि टाढा रहने ! आफ्नो लुगा आफै धुने ! हरपल मास्क लगाएर बस्ने, खोक्दा या हाछ्युं गर्दा मुख छोप्ने ! कोरोना भाइरस लाग्ने बित्तिकै मरिन्छ नै भन्ने हुँदैन तर सावधान बनेर उपचार नगराए ज्यान जान सक्छ !
फैलिरहेको महामारी नियन्त्रण गरी कोरोनालाई मार्न सक्ने भ्याक्सिनको आविष्कार नभइन्जेलसम्म नेपालले सावधानी अपनाउनु र विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार रोकथाम र उपचारका कार्यक्रमहरु लागु गर्नुको विकल्प छंदैछैन ! यो समय सारा विश्वको महा संकटको समय हो ! यति खेर सरकारलाई नागरीकको सहयोगको खाँचो छ र नागरीकलाई सरकारको खाँचो छ ! सरकारले घर भित्र बस्न आह्वान गरिरहेको छ ! हामी घर भित्र बसेर सरकारलाई सहयोग गर्न सक्छौं ! जति हामी भीडभाड गर्छौं उति नै यो महामारी फैलने हुनाले घरबाट बाहिर निस्कंदै ननिस्कनु नै एक मात्रै उपाय हो ! कोरोनाबाट बच्न र घर भित्र बस्न सरकारी उर्दी पालना गरेर हामी नागरीकले सरकारलाई सहयोग गर्न सक्दछौं ! घरमै बस्दा दैनिक खाद्य तथा उपभोग्य सामाग्रीहरुको सहज आपूर्ती गरेर गराएर सरकारले जनतालाई सहयोग गर्नु पर्ने र बिरामीहरुलाई उचित औषधि उपचारको व्यवस्था गर्नु पर्ने जिम्मा सरकारको हो ! यस्तो महा संकटको बेलामा समेत कालाबजारी गरेर साबिकको भन्दा धेरै धेरै मूल्य लिएर औषधि तथा साग सब्जी, दाल चामल, नून तेल, ग्यास लगायतका दैनिक उपभोग्य सामाग्रीहरु बेच्ने व्यापारीहरुलाई सरकारले कडा भन्दा कडा कारवाही गर्नु पर्दछ ! साथै आवश्यकता भन्दा धेरै भण्डारण गरेर कृत्रिम अभाव सृजना गर्ने धनाढ्य बर्गले पनि अरुको आवश्यकतालाई बुझ्न सक्नु पर्दछ ! चाहिने भन्दा बढी भण्डारण गर्नु हुँदैन ! दैनिक काम नगरी खान नपुग्ने बर्गलाई त झन् सरकारले रासन पानीको व्यवस्था समेत गर्न सक्नु पर्दछ किनकि यदि खाने कुरा सहज रुपले प्राप्त भएन भने लक् डाउनको अवज्ञा हुने निश्चित देखिन्छ ! कोरोना संक्रमितहरुको उपचार पूर्ण रुपमा नि:शुल्क हुनु पर्दछ ताकी संक्रमणको शंका हुने बित्तिकै मानिस स्वास्थ्य केन्द्र जान पैसाको कारण नरोकिऊन र उपचार नारोकियोस् !
स्वास्थ्य कर्मीहरुलाई उचित र पर्याप्त तालिम तथा प्रशिक्षण दिनुका साथै उद्दार तथा उपचारमा पठाउनु अघि पर्याप्त सुरक्षा कवच र सुरक्षा सामाग्री दिन सक्नु पर्दछ सरकारले ! स्वास्थ्य कर्मीहरुलाई आफै जोखिममा परेर अरुको उपचार गर्नु पर्ने वाध्यतामा पारिनु हुँदैन अन्यथा उनीहरु सेवामा निरन्तर रहन सक्दैनन् या चाहंदैनन् ! सरकारले विश्व स्वास्थ्य संगठनसँग पर्याप्त छलफल र समन्वय गर्न सक्नु पर्दछ यो बेला ! आफुसँग नभएका अत्यावश्यक सोत, साधन, औषधि र उपकरणहरु खरिद गरेर हुन्छ कि अनुदान मागेर हुन्छ जोहो गर्नै पर्छ ! लाखे पाखेको कुरै रहन्न यो बिषयमा ! औपचारिकताको मात्रै नभई पक्का जवाफदेहिता सहितको सेवा र समर्पणको सरकार बन्न सक्नु पर्दछ नेपाल सरकारले यति खेर ! आकस्मत आउन सक्ने बिरामीहरुलाई स्तरीय स्वास्थ्य सेवा दिन सम्पूर्ण तयारी गर्नु पदर्छ ! स्वास्थ्य कर्मीहरुले पनि आफ्नो सम्मानित पेसाले उच्चतम सार्थकता पाउने गरी मानव जीवन रक्षार्थ इमान्दारीपूर्वक आफ्नो कर्तब्य पूरा गर्नु पर्दछ ! यति खेर सामाजिक संस्था, राजनीतिक दल र नागरीक समाज सबै मिलेर सरकारको लक् डाउनको उर्दीलाई सफल बनाउन पहिले आफुले पालना गरेर साथै सर्बसाधारण जनताहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेर सरकारलाई सहयोग गर्नु पर्दछ तर यो कुरा गर्दा भेला जम्मा भएर होइन अनलाइनमा चेतना र जानकारीहरु सम्प्रेषण गरी घरै बस्दा मात्रै जीवन सुरक्षित हुने कुरामा विश्वस्त बनाउन सक्नु पर्दछ ! जनतालाई थाहा नदिई गरिएको निर्णय र बनाइएको योजनाहरुको कुनै अर्थ नरहने भएकोले दैनिक उपभोग्य सामाग्री तथा एम्बुलेन्स, दमकल जस्ता आकस्मिक सेवा सम्बन्धि सम्पर्क नम्बर व्यापक रुपमा सार्बजानिक गर्नु पर्दछ ! सुरक्षा कर्मीहरु सबै तिर खट्न सक्नु पर्दछ ! सुगम या बजार क्षेत्रमा मात्रै सुरक्षा दिएर पुग्दैन, गाउँ या शहरको छेऊ कुना सबै तिर पुगेर वास्ताविक वस्तु स्थितिको अवलोकन, निरीक्षण, अनुगमन गर्न सक्नु पर्दछ ! कसैले लक् डाउनको अवज्ञा गरेका छन् भने उसको पद, पहुँच र हैसियत केही नहेरी कारवाही गर्नु पर्दछ ! कहीं कतै कालाबजारी भइरहेको भेटिए दोषी उपर तुरुन्त कानूनी कारवाही चलाउनु पर्दछ ! सुरक्षा र नियमन निकायले दैनिक अति आवश्यकता खाद्य सामाग्री र औषधि किन्न निस्कन दिने उचित समय तोक्न सक्नु पर्दछ ! अनावश्यक भीड भाड जम्मा हुन दिनु हुँदैन ! यस्तो बेलामा बिदामा बसेका सुरक्षाकर्मीहरु सबै ड्युटीमा फर्कनु पर्दछ ! प्रहरी र नगरप्रहरीले मात्र काम गर्न नसकेको खण्डमा आवश्यकता अनुसार राष्ट्रिय सेना समेत परिचालन गरेर जनताको हितमा काम गराउन सक्नु पर्दछ सरकारले !
यो अवधिमा अतिआवश्यक औषधिजन्य सामाग्री बाहेक अन्य सामान बोक्ने उडानहरु तथा यात्रुबाहक अन्तर्राष्ट्रिय उडानहरु स्थगित राख्न सक्नु पर्दछ ! जल र स्थल मार्गहरु पनि पूर्ण रुपमा सिल गर्नु पर्दछ ! यो समयमा अन्तर्देशीय यात्रा गर्न अनुमति दिनु हुँदैन ! विदेशबाट आएका सबैलाई सरकारको व्यवस्थित कोरान्टाइन्मा राख्नु पर्दछ ! संक्रमण नभएको पक्का भए पछि मात्रै आवश्यक प्रशिक्षण दिई छोडिनु पर्दछ ! कसैलाई कोरोना संक्रमण भएको पाइएमा उचित किसिमको उपचारमा राख्नु पर्दछ ! कोरोना बिरुद्ध जनचेतना फैलाउनु पर्छ तर आतंक फैलाउनु अपराध हो ! सत्य तथ्य बाहेक बढाइचडाइ गरेर समाचार बनाउनु हुँदैन ! जनतालाई सूचनाको हकबाट बन्चित गर्ने गरी टेलिकम, इन्टरनेट सेवा लगायतका सूचना प्रबिधिका सेवा सुबिधा कटौती या बन्द गर्नु हुँदैन ! एन्सेल, एन्टीसी जस्ता टेलीकम कम्पनीहरुले लक् डाउनको बेला नि:शुल्क सेवा प्रदान गर्नु पर्दछ ! सबैले इमान्दार बनेर मानव सेवामा समर्पित बन्न सक्ने यो महामारी बिरुद्धको लंडाइमा मान्छे कै जीत हुने देखिन्छ !
सबै खाले मतभेद, भिन्नता, आग्रह, पूर्वाग्रह, तितता र शत्रुता सारा भूलेर सम्पूर्ण मानव संसार एक ठाउँमा उभिएर यो महामारीको बिरुद्ध लागिपर्नु पर्छ अब ! स्वास्थ्य क्षेत्रका वैज्ञानिकहरुले यस भाइरस बिरुद्धको खोप तयार गर्न लागिपर्नु पर्दछ र पत्ता लागेका उपलब्धिहरुलाई विश्व स्वास्थ्य संगठनको अगुवाइ र पहलमा नि:शुल्क विश्व व्यापरी वितरण गर्न सक्नु पर्दछ ! यसको खोपमा एकाधिकारको व्यापार गर्नु हुँदैन ! मानव संसारको अन्त्य हुनु अघि सबै मानिसहरु मिलेर यसको निदान गर्नै पर्दछ ! यो जीवाणु हो या मानव निर्मित विषाणु, जे भए पनि यसको अन्त्य हुनु पर्दछ ! यसलाई रोक्न सबै मानिसहरु एकठाउँमा उभिनै पर्दछ ! कोरोना संक्रमण विश्व अर्थ तन्त्र ध्वस्त बनाउने आतंककारी हमला हुन सक्ने अनुमान पनि रहेको छ ! यदि त्यसै हो भने पनि निशर्त यसको औषधि अर्थात एन्टीडोट सार्बजानिक गरिनै पदर्छ ! यो युद्धको अन्त्य हुनै पर्दछ किनकि मान्छे मारेर वास्तबमा कुनै राज र शासन गर्न सकिन्न मान्छेलाई बचाएर, मान्छेको सेवा गरेर चाहिं साँचो अर्थमा विश्वमा राज र शासन गर्न सकिन्छ यो शताब्दिमा !