प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा को’रोना भाइरस(कोभिड-१९) को महामारी नियन्त्रण नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
नयाँ वर्ष २०७७ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना समाप्त नभएसम्मका लागि आफूले पाउने पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने घोषणा गरेका हुन्।
प्रधानमन्त्री ओलीले सबैको बलियो एकतामा मात्रै कोरोना भाइरसविरुद्धको लडाइँ जितिने बताएका छन्। उनले शुभकामना सन्देशमा भनेका छन्, ‘मैले पटकपटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो। विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ।