राज वाम्बुले, फेदाप – तेह्रथुम जिल्ला फेदाप गाउँ पालिका अन्तर्गत पोक्लबाङ्गका युवाहरु बिश्वको बिभिन्न देश ब्रुनाई, कतार, दुवई, मलेसिया, साउदी अरव, अष्ट्रेलिया, भारत लगायतको राष्ट्रहरुमा वैदेशिक रोजगारीमा कार्यरत रहनु भई परिवार, गाउँ, समाज र देशकै सेवा गर्ने उदेश्य लिई आफ्नो गाउँ आफै बनाउँ भन्ने नारा लाई आत्मसाथ गर्दै एक सामाजिक संस्था फेदाप पोक्लबाङ्ग प्रवास समाज गठन गरी आफ्नो गाउँ आफै बनाउँ भन्ने अभियान शुरु गरेको दुई बर्ष भई सकेको छ ।
फेदाप पोक्लबाङ्ग प्रवास समाज संगठनले विस्वका २१० राष्ट्रहरुमा महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोविड १९) सम्बन्धि उपचार,रोकथाम तथा नियन्त्रण गर्न आफ्नै गाउँ फेदापको पोक्लबाङ्ग र आहालेको ४८ घर धुरीमा १५ हजारको मास्क तथा सेनीटाइजर घर घरमा गई वितरण कार्य गरिसकेको संस्थाका सह कोषाध्यक्ष श्री पूर्ण बहादुर लिम्बुले बताएका छन, भने फेदाप गाउँ पालिकाको कोरोना भाईरस रोग, रोग रोकथाम तथा उपचार कोषमा नगद ५०००।– अक्षरेपी पाच हजार मात्र¬ फेदाप गाउँ पालिकाको अध्यक्ष तथा कोरोना भाईरस रोग, रोकथाम, उपचार तथा नियन्त्रण समन्वय समितिको संयोजक श्री हरी प्रसाद चोङ्गबाङ्ग ज्यू लाई उक्त समितिको २०७७÷०१÷१८ गतेको कोरोना भाइरस सम्बन्धि समिक्षात्मक बैठकमा उक्त रकम हस्ताङ्गतरण गरेको जानकारी फेदाप पोक्लबाङ्ग प्रवास समुहका अध्यक्ष श्री मान कुमार निंलेकुले (दुवई) बाट जानकारी दीनु भएको छ ।
संस्थाको गतिविधि र भावि योजना बारे कोषाध्यक्ष श्री सन्जय पहाङ्गो¬ सँग हाम्रा मित्र राज वाम्बुलेले गरेको कुराकानी जस्ताको तस्तै.
१. यस संस्थाको आवस्यकता कहिले र किन महसुस गर्नु भयो ?
उक्तर ः– मानिस सामाजिक प्राणी हो, समाजमा एकजुट भएर बसे पछी सबैले एक अर्कालाई सहयोग गर्नु पर्दछ, समुह भनेको सामुहिक भावनाको विकास गरेर मानिसको जिवनलाई सार्थक बनाउनु पनि हो, त्यसैले हामिले हाम्रो गाउँमा यो समुहको आवश्कता महसुुुुस गरी आफ्नो गाउँ आफै बनाउँ भन्ने नारा सगै फेदाप पोक्लबाङ प्रवास समुह गठन गरी २ बर्ष अघि देखी काम शुरु गरीसकेका छौं ।
२. यो कस्तो खालको संस्था हो ?
उक्तर ः– यो एक विसुद्ध समाजसेवा गर्ने, आफ्नो गाउँ आफै बनाउने सामाजिक संस्था हो ।
३. यस संस्थाको मूख्य उदेश्यहरु के के छन ?
उक्तर ः– सामाजिक रुपमा गाउँको विकास गर्ने, एकजुट हुने, आफ्नो गाउँ आफै बनाउने, कृषी, शिक्षा, स्वास्थ्य, सरसफाई, आदीमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, दुखी, गरीव र विपन्न परीवारलाई सकेको सहयोग गर्ने, सामुहिक भावनाको विकास गर्ने । धेरै छन अरु पनि हेरु कति गर्न सकिन्छ……….
४ संस्था गठन पछि हाल सम्म गरीएका समाजीक कामहरु पनि होलान नि ?
उक्तर ः– संस्था गठन पछि गाउँमा १,५००००।– एकलाख पचास हजार बराबरको सामानहरु टेवल कुर्सी, भाडाकुडा, थाल बटुका, साउण्ड सीस्टम, जोडी सकेका छौं भने कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागी पोक्लबाङ र आहाले सीरानमा ४८ घर धुरीमा १५०००।– पन्ध्रहजार बराबरको मास्क तथा सेनीटाईजर घर घरमै वितरण गरीसकेका छौ साथै फेदाप गाउँपालिकाको कोरोना भाईरस रोकथाम तथा उपचार नियन्त्रण कोषमा नगद रु ५०००।– पाँच हजार हाम्रा सहकोषाध्यक्ष श्री पूण बहादुर लिम्बुले फेदाप गा.पा. अध्यक्ष श्री हरी प्रसाद चौङबाङ ज्यूलाई हस्ताङतरण गरी सकेको जानकारी प्राप्त भएको छ । त्यसैगरी स्थानिय गरीव तथा आर्थिक अवस्था कमजोर भएको परीवारलाई पनि आर्थिक सहयोग गरी सकेका छौं र आवस्यकता अनुसार सहयोग गर्दै जाने छौं ।
५ बैदेशिक रोजगारीमा विश्वका धेरै देशमा छरीएर बसेका सल्लाहकार र सदस्यहरु हुनुहुदो रहेछ बैठक तथा निर्णयहरु कसरी गर्ने गर्नु हुन्छ ?
उक्तर ः– यो सबै सामाजिक सञ्जालले जोडेको हो । अनलाइन कुराकानी तथा निर्णयहरु हुन्छन, इच्छा चाहाना र सहमत हुदा यी सब गर्न सकीदो रहेछ ।
६. यस संस्थाको भावि कार्ययोजनाहरु पनि बनाउनु भएको छ की ?
उक्तर ः– छ नि, संस्थाको भवन बनाउने निर्णय भएको छ । भवनको जग्गा दाता राजु लिम्बु हुन । राजु लिम्बु (कुसा) लाई सामाजिक भवन बनाउन जग्गा उपलब्ध गराएकोमा यही तपाइको मिडिया बाट पनि धन्यबाद दिन चाहन्छु । अस्ति आएर पालिका र वडा सँग केही रकम माग गर्ने निर्णय भए पनि मेरो समय अभाबको कारण त्यो गर्न सकिन अब अरु साथिहरु पनि छन हामी सबैको सहमति र सहयोगमा विस्तारै अरु काम पनि गर्दै जानेछौं ।
७. हाल विश्वमा कोरोना भाईरसको माहामारीले लाखौंको ज्यान गई सकेको अवस्था छ नेपालमा भने सत्ता पल्टाउने खेल हुदैछ यसमा तपाई के भन्नु हुन्छ?
उक्तर ः– यो राजनिति म खासै बुज्दिन, मैले बुझे अनुशार आज संसारनै कोरोना भाईरस सँगको लँडाई लडीरहेको छ र हामि नेपालीहरु पनि कोरोना भाईरस लाई कसरी जित्ने भन्ने लँडाईमा छौ, यो समय भनेको हामि नेपालीहरु कसरी कोरोना बाट शुरक्षीत हुने भन्ने हो यो समय सत्ता परीवर्तन गर्ने समय पक्कै होइन । आशा गर्छु यस्तो अवस्था सिर्जना नहोस ।
८. अन्तमा फेदाप गाउँपालिका तथा फेदापे जन्ताको लागी केही सल्लाह सुझाबहरु पनि दिन चाहनु हुन्छ ?
उक्तर ः– विस्व ब्यापि महामारीको रुपमा फैलीएको कोरोना भाईरस कोभीड १९ सँग लड्न फेदाप गाउँपालिकाले उच्च सतर्कताका साथ ब्यावस्थापन गरेको कुरा मेरा प्रिय मित्र धनराज राई (देउ कुमार) ले मलाई जानकारी दीई सकेका छन । कोरोना भाईरस कोभीड १९ बिरुद्धको यो लडाई मा २४ सै घन्टा सेवामा खटीने फेदापको स्वास्थ्यकर्मी, प्रहरी, प्रमुख प्रशासकिय अधिकृत, स्थानिय नागरीक ,पत्रकार , समाजसेवी, बुद्धीजिवि, जनप्रतिनिधि, कोरोना भाइरस रोग रोकथाम तथा उपचार नियन्त्रण गर्न बनेको फेदाप समन्वय समिति तथा फेदाप गाउँपालिका लाई हार्दिक धन्यबाद दिन चाहान्छु । संक्रमण फैलन नदिन अझ बढी सक्रीयताका साथ काम गर्नुहोला यो लडाई हामी अवस्यनै जित्नेछौं हामि सबैलाई बधाई छ । मेरा केहि विचारहरु तपाइको एनपी अनलाइन टि.भी. मा राख्ने अवसर दीनु भएकोमा धन्यबाद छ ।
फेदाप पोक्लबाङ्ग प्रवास युवा समुहको सदस्यहरुको नामावलीहरु यस प्रकार रहेको छ ।
१. प्रमुख सल्लाहकार ः– तारामान मादेन – (पोक्लबाङ्ग फेदाप)
२. प्रमुख सल्लाहकार ः– श्याम पहाङ्गो – (ब्रुनाई)
३. प्रमुख सल्लाहकार ः– डम्बर पहाङ्गो – (कतार)
४. अध्यक्ष ः– मान कुमार निङ्लेकु – (दुबई)
५. उपाध्यक्ष ः– लिला पहाङ्गो – (मलेसीया)
६. कोषाध्यक्ष ः– सन्जय पहाङ्गो – (दुबई)
७. सह कोषाध्यक्ष ः– पुर्ण बहादुर पहाङ्गो – (मलेसिया)
८. सचिव ः– विक्रम पहाङ्गो – (मलेसिया)
९ सह सचिव ः– ईस्वर गजुरेल (मलेसिया)
१०.सदस्य ः– विष्णु कुमार निङ्लेकु (साउदी अरब)
११.सदस्य ः– कमल बेघा – (कतार)
१२.सदस्य ः– मौसम बेघा – (कतार)
१३. सदस्य ः– चन्द्र्र राई – (दुबई)
१४. सदस्य ः– मिथिल्ला पहाङ्गो – (साउदी अरब)
१५ सदस्य ः– लक्ष्मि प्रसाद पहाङ्गो – (मलेसीया)
१६. सदस्य ः– राजबिर पहाङ्गो¬ – (दुवई)
१७. सदस्य ः– गौरीमान पहाङ्गो – (मलेसीया)
१८. सदस्य ः– रुपेश पहाङ्गो¬ – (दुवई)
१९. सदस्य ः– गोपाल पहाङ्गो¬ – (भारत)
२०. सदस्य ः– सन्तोष मादेन – अस्टे्रलिया)