
निमा पोङ्स्युवा
धरान / कोरोनाले मार्नु भन्दा अगाडि भोकमरीले आक्रान्ता पारेपछि धरान उपमहानगरले फुड बैक र कोरोना राहत कोष स्थापना गरिएको छ।
यसरी स्थापना गरिएका फुड बैंक र राहत कोषमा धरानका विभिन्न संघ संस्थाबाट सहयोग गर्ने निरन्तर बढिरहेका छन। मंगलबार राहत कोषमा धरान वडा नम्बर १० निवासी कृष्ण श्रेष्ठले आफू र आफ्नो परिवारको नाममा १ लाख १ हजार १०५ रुपैयाको चेक हस्तान्तरण गरेको छ।
त्यसैगरी गो फण्डको तर्फबाट १ लाख नब्बे हजारको चेक मेयर तिलक राई र उपमेयरलाई हस्तान्तरण गरेको छ।गो फन्टले धरानबाट अमेरिका लगायत विभिन्न देशमा रहेकाले ५ हजार डलर जम्मा गर्ने लक्ष्य अनुसार दोस्रो किस्ताको रुपमा चेक हस्तान्तरण गरेको हो। चेकलाई गो फन्ड मिको तर्फबाट पुर्ण राई हस्तान्तरण गरेको हो। गो फन्डले पहिलो किस्ता २ लाख १० हजार हस्तान्तरण गरिसकेको कुरा सुदन श्रेष्ठले जानकारी दिए।
त्यसैगरी सोही दिन किरात याक्थुङ चुम्लुङले फुड बैंकको लागि एक हजार किलो चामल उपलब्ध गराएको छ।चामल हस्तान्तरण गर्न चुम्लुङ जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ सहित केन्द्रिय सचिव डा.योगेन्द्र पालुङवा, केन्द्रिय सदस्य संगीता सुब्बा, केन्द्रिय सल्लाहकार चन्द्रमाय लिम्बु, गजेन्द्र इस्वो, जिल्ला उपाध्यक्ष स्वर्णिमाहाङ लिम्बु, नगर अध्यक्ष पद्मा लिम्बु, सचिव जय सम्बाहाम्फे लगायतको उपस्तिथि रहेका थिए ।
सोही दिन राधा माधव धरानले पनि नगद १५ हजार रुपैया राहत कोषका लागि हस्तान्तरण गरेको छ।राहत कोषकै लागि भनेर बिष्णुपादुका मन्दिर ब्याबस्थापन समितिले पनि राहत कोषमा नगद १५ हजार रुपैया धरान उपमहानगरका मेयर तिलक राईलाई हस्तान्तरण गरेको छ।