30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedकोरोना रोकथाम राहत कोषमा बराहको १९ लाख

कोरोना रोकथाम राहत कोषमा बराहको १९ लाख

बैशाख १,धरान / बराह ज्वेलर इण्डष्ट्रीज प्रालिले कोरोना राहत कोषमा १९ लाख रुपैया प्रदान गरेको छ।

बराहले राहत कोषको लागि भनेर धरान उपमहानगरका मेयर तिलक राई र उपमेयर मन्जु भण्डारीलाई चेक हस्तान्तरण गरेको हो। बराह समुहका अध्यक्ष शिव लामिछानेले उक्त राहत चेक हस्तान्तरण गरेको कुरा बराहका मेनेजिङ डाइरेक्टर तथा बराह धरानका प्रमुख मानबहादुर  दियालिले जानकारी दिएको हो। दियालिका अनुसार १९ लाखमा संघीय सरकारलाई ६० प्रतिशत र स्थानीय सरकार धरान उपमहानगरलाई ४० प्रतिशत राहत उपलब्ध गराइएको जानकारी दिए।जस अनुसार नेपाल संघीय सरकारलाई ११ लाख ४० हजार र स्थानीय सरकार धरान उपमहानगरलाई ७ लाख ६० हजार राहत कोषमा जम्मा हुने बताए।सो राहत कोष बराह ग्रुप अन्तर्गत काठमाडौ न्युरोड ,पिपलबाेट,पाटन,चितवन,पाेखरा ,भेडेटार ,धरान,हङकङ ,दुबई ज्वेलरी,डायमण्ड,सिल्भर साेरूम,बचत सहकारी ,प्रडक्सन हाउस, डिपार्टमेन्ट ,कृषि ,टाईम्स रेमिट,ईन्द्र बराह ट्राभल्स ,किचन ,किडस सैलुन,कृपा दृश्य ,बराह प्राेपर्टी सर्भिस संचालक,सल्लाहकार,शुभचिन्तक  ,कर्मचारी र संस्थागत सहितको एकमुष्ट संकलन रहेको बताए।

सोही अवसर यस्तो विषम परिस्थितिमा बराहले खानेपानी ,बचतकाे रकम घरमा पुर्‍याई सेवा गर्दै आएकाे पनि जानकारी गराएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments