26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
HomeUncategorizedकोरोना संक्रमणबाट मृत्यु भएका लिम्बूको परिवार बिनै दाहसंस्कार

कोरोना संक्रमणबाट मृत्यु भएका लिम्बूको परिवार बिनै दाहसंस्कार


कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका गैरआवासीय नेपाली अनिल लिम्बूको फाईल फाेटाे
काठमाडौं, १६ चैत । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका गैरआवासीय नेपाली अनिल लिम्बूको शुक्रबार दाहसंस्कार गरिएको छ ।

कोरोना संक्रमणपछि उपचाररत लिम्बूको मंगलबार बिहान मृत्यु भएको थियो । शुक्रबार सबै प्रकृया पूरागरी अस्पतालको संयोजनमा निजी कम्पनीमार्फत दाहसंस्कार गरिएको हो ।

परिवारका अन्य सदस्य समेत भाइरसका कारण बिरामी परेको र समुदायका व्यक्तिहरु समेत सहभागी हुन कठिनाई भएका कारण लिम्बूको दाहसंस्कारको जिम्मा न्यूयोर्कको बु्रक्लिनमा रहेको ग्रिनउड सिमेट्री नामक नजी कम्पनीलाई दिइएको थियो ।

उक्त कम्पनीले करिब १२ सय अमेरिकी डलर लिएर लिम्बूको शुक्रबार दिउसो २ः३० बजे दाहसंस्कार गरेको हो ।

न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइट क्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीय लिम्बूलाई स्थानिय कोरोना संक्रमणपछि एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । नेपालमा पाँचथर रानीगाउँ घर भएका लिम्बू करिब दुई दशकदेखि अमेरिकामा थिए । लिम्बूका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

लिम्बूले मधुमेह र उच्च रक्तचापको औषधी प्रयोग गर्दै आएको पारिवारिक स्रोतले जनाइएको छ । उनका जेठा छोरालाई पनि कोरोना संक्रमण देखिएको थियो तर केही दिनको उपचारपछि उनी निको भएका छन् ।

जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले भने, ‘हाम्रो समुदायमा निकै दुखद घटना भयो, यस्तो परिस्थिति कसैले सामना गर्नु नपरोस ।’ नेम्वाङले अमेरिकामा रहेका नेपाली समुदायलाई नआतिन र घरभित्रै बसेर यस रोगबाट जोगिन आग्रह गरेका छन् ।

मृतक लिम्बूको परिवारलाई सहयोग पुगोस भनेर अहिले गो फण्ड मार्फत रकम जुटाइएको छ । हाल गो फण्डमा १७ हजार अमेरिकी डलर भन्दा बढी रकम जम्मा भइसकेको छ ।

हाल सम्म अमेरिकामा लिम्बूका जेठा छोरा बाहेक अन्य केही गैरआवासीय नेपालीलाई समेत संक्रमण पुष्टि भएको छ । हाल न्यूयोर्कको एल्मष्ट अस्पतालमा ४७ र ६० बर्षका दुई जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

यस्तै न्यूयोर्कको ज्याक्सन हाइट क्षेत्रमा व्यवसाय गर्दै आएका भिडियो ग्राफर शम्भु मोक्क्तान र अर्को व्यवसायी जीवन बमलाई संक्रमण पुष्टि भएको छ । दुवै जनाको अहिले स्थानिय अस्पतालमा उपचार भरहेको छ ।

यस्तै संक्रमण पुष्टि भएकी भर्जिनिया राज्यको फेरफाक्समा बसोबास गर्दै आएकी ३८ वर्षीय महिला पनि घरमै सेल्फक्वारेन्टाइनमा बसिरहेकी छन् । एकपछि अर्को गरी नेपालीलाई समेत भाइरस पुष्टि हुन थालेपछि अमेरिकास्थित नेपाली समुदायका अगुवाले सहयोग कार्यक्रम चलाइरहेका छन् । घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेकाहरु, अशक्क्त तथा बृद्धबृद्धालाई औषधीलगायतका सामग्री घरघरमा पुर्‍याउने काम भइरहेको छ । अन्नपूर्ण पोष्टबाट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments