25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeराष्ट्रियकोरोना संक्रमण भएर भर्ना भएका ३१ मध्ये ६ जना डिस्चार्ज

कोरोना संक्रमण भएर भर्ना भएका ३१ मध्ये ६ जना डिस्चार्ज

काठमाडौं।कोशी अस्पताल विराटनगरमा कोरोना संक्रमण भएर भर्ना भएका ३१ मध्ये ६ जना डिस्चार्ज भएका छन्।

कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा संगीता मिश्राले उनीहरुको पछिल्लो तीन पटकको स्वाबको नमूना परीक्षण गर्दा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताइन्।

कोरोना उपचार केन्द्रमा उपचाररत ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेको अस्पतालले जनाएको छ।

उनीहरु सबै उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थिए। वैशाख ५ गते कोरोना संक्रमण पोजेटिभ आएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो।

वैशाख ५ र ६ गते भुल्केस्थित मस्जिदमा रहेका १३ भारतीयमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन्।

उनीहरुलाई विराटनगरस्थित रानीको मर्कजमा पुर्‍याइएको बताइएको छ।

डा मिश्रले भनिन्,‘मरकज पनि एकप्रकारको मस्जिदजस्तै रहेछ, उहाँहरुले त्यहाँ पुर्‍याइदिनुस् भन्नुभयो हामीले भर्खरै त्यहाँ छोडेर अस्पताल फर्किएका छौँ। उनीहरु १४ दिन त्यही बस्नु हुन्छ। फलोअपमा आउनुहुन्छ।’

उनीहरुको डिस्चार्ज गर्दा प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे समेत अस्पतालमा उपस्थित थिए।

कोशीमा अब २५ जना संक्रमितको उपचार भइरहेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments