काठमाण्डौँ–धुलिखेल अस्पतालमा कोरोना भाइरस संक्रमणको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकी सुत्केरीको मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल पुगेको छ।महिलाको मृत्यु भएपछि त्यसको‘कज अफ डेथ’पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले टोली खटाएको हो।(कोभिड—१९)नियन्त्रणका लागि बनाइएको इन्सिडेन्ट कमाण्ड सिष्टमअन्तर्गतको आइसिएस अपरेशनल अफिसर डा.गुणराज लोहनीको नेतृत्वमा चिकित्सकहरूको टोली धुलिखेल अस्पताल गएको हो।टोलीले(कोभिड—१९)कै कारण मृत्यु भएको हो वा अन्य कारणले हो भनेर अनुसन्धान गर्ने छ।बिहीबार बेलुकी धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो वा होइन भन्ने विषयमा सरकारले अध्ययन गरिरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले ती महिलाको मृत्युबारे थप अनुसन्धान र विवरणहरु संकलन गरिरहेको र उनको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो वा होइन भन्नेबारे पछि सार्वजनिक गरिने बताएका छन्।ती सुत्केरी महिलाको के कारणले मृत्यु भएको हो भन्नेबारे थप विवरणहरु संकलन र अनुसन्धानहरु भइरहेको र थाहा भएपछि फेरि जानकारी गराउने डा.देवकोटाको भनाइ छ।
आठ दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको बिहीबार बेलुकी धुलिखेल अस्पतालमा निधन भएको हो।महिलाको २४ गते शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको र २५ गते डिस्चार्ज भएको डा.देवकोटाले जानकारी दिएका छन्।बाह्रबिसे राम्चेस्थित घरमा उनलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएको थियो।उनलाई बाह्रबिसेस्थित स्वास्थ्य केन्द्रमा आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएको थियो।यद्यपि श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उनलाई धुलिखेल अस्पताल भर्ना गरिएको हो।धुलिखेल अस्पतालमा उपचारमा क्रममा बिहीबार बेलुकी उनको निधन भएको हो।उनको स्वाब धुलिखेल अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टमा पनि संक्रमण पुष्टि भएको धुलिखेल अस्पताल र स्वास्थ्य मन्त्रालयका स्रोतहरुले पुष्टि गरेका छन्।अहिले धुलिखेल अस्पतालका उनको उपचारमा संलग्न सबैको स्वाब परीक्षण गर्नुका साथै उनीहरुलाई आइसोलेशनमा राखिएको छ।त्यस्तै उनको डेलिभरी भएको टिचिङ अस्पतालमा पनि उनको शल्यक्रिया र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको टोलीको पनि स्वाब परीक्षण गरिएको छ।सोहि महिलाको थप कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको डा.देवकोटाको भनाइ छ।बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा प्रमुख होमनाथ लामिछानेका अनुसार ती महिलाको आठ दिनअघि शिक्षण अस्पतालमा डेलिभरी भएको थियो।