22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeराष्ट्रियकोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधि

कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधि

स्याङ्जा । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका बिरामीको उपचारमा आयुर्वेदिक औषधिको प्रयोग गरिएको छ । कोरोना सङ्क्रमणले महामारीको रुप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार तयार पारिएको औषधि प्रयोगमा ल्याइएको हो ।

जिल्ला अस्पतालसँग समन्वय गरेर आफूहरुले काम गरिरहेको जिल्ला आयुर्वेदिक अस्पताल लागिपरेको अस्पतालकी प्रमुख चिकित्सक सुभद्रा कार्कीले बताए। उनले भने, “स्थानीय जङ्गलमा गएर गुर्जोलगायतका जडीबुटी खोजेर ल्याएर सङ्क्रमित बिरामीलाई ताजा गुर्जोको रसका साथै जडीबुटीबाट बनाएका औषधि खाने व्यवस्था मिलाएका छौँ ।” गुर्जो, असोगन्धा चूर्ण, महासुदर्शन चूर्णलगायतका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोगमा ल्याएको जिल्ला आयुर्वेदिक अस्पतालले जनाएको छ ।

भिडियो कन्फेरेन्सका माध्यमबाट आइसोलेशनमा रहेका सङ्क्रमितलाई योग प्रणायामका साथै ध्यानका विधिसमेत आफूले सिकाउने गरेको डा कार्कीले बताए। भारतबाट आएर वालिङको क्वारेन्टिनमा बसेका चार पुरुष र एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि अहिले जिल्ला अस्पतालको कोरोना आइसोलेशन कक्षमा राखेर उपचार गरिएको छ भने एक महिलालाई पोखरा लगिएको छ । उनीहरुमा सङ्क्रमणका अन्य लक्षण नदेखिएको र अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments