धरान / प्रेस नेपालले सामाजिक सञ्जालहरुबाट प्रसारण भइरहेका झुटा, भ्रामक र आममानिसमा गलत प्रभाव पार्ने सूचना सन्देशहरुबाट सजग रहन अपिल गरेेेको छ।
प्रेस नेपालले आज प्रेस बिज्ञप्ति जारी सर्वसाधारणलाई यस्तो सजग गराएको हो।प्रेस नेपालका महासचिव बिजय चाम्लिङद्वारा हस्ताक्षरित बिज्ञप्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमले विश्वलाई त्राहिमाम बनाएको भन्दै विश्वका १६५ भन्दा बढी मुलुकमा यस भाइसको संक्रमणबाट मानिसहरु आक्रान्त बनेको तथ्यहरु सार्वजनिक भएको जनाएको छ । कोरोना भाइरसको संक्रमणबारे जानकारी उपलब्ध गाराउँदै आएको ‘वल्डोमिटर्स’बाट प्राप्त तथ्यांकअनुसार आइतबार दिउँसो २ बजेसम्ममा विश्वका ३,०८,५९४ मानिस संक्रमित भइसकेका छन् भने १३,०६९ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट संक्रमितमध्ये ९५,८२९ जना पूर्ण स्वास्थ्य लाभ गरेर घर फर्किएको पनि उल्ललेेेख छ ।
बिज्ञप्तिमा यस संकटको घडीमा प्रेस नेपालसँग आवद्ध तथा अन्य सम्पूर्ण सञ्चारकर्मी मित्रहरुमा सत्य, तथ्य र पुष्टि भएका जानकारीहरुका आधारमा मात्र समाचारजन्य सामग्रीहरुको प्रकाशन प्रशारण गर्न अपिल गर्दछौं भनिएको छ ।
मिति ः २०७६।१२।९
प्रेस विज्ञप्ति
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमले विश्वलाई त्राहिमाम बनाएको छ । विश्वका १६५ भन्दा बढी मुलुकमा यस भाइसको संक्रमणबाट मानिसहरु आक्रान्त बनेको तथ्यहरु सार्वजनिक भएका छन् । कोरोना भाइरसको संक्रमणबारे जानकारी उपलब्ध गाराउँदै आएको ‘वल्डोमिटर्स’बाट प्राप्त तथ्यांकअनुसार आइतबार दिउँसो २ बजेसम्ममा विश्वका ३,०८,५९४ मानिस संक्रमित भइसकेका छन् भने १३,०६९ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट संक्रमितमध्ये ९५,८२९ जना पूर्ण स्वास्थ्य लाभ गरेर घर फर्किएका पनि छन् । विश्व स्वास्थ्य संगठनको आँकलनअनुसार विश्वमा संक्रमित हुने दर घट्दै गएको छ । तर, कोरोना भाइरसको संक्रमण र संक्रमित भएका मानिसहरुको मृत्यु हुने क्रम भने रोकिएको छैन ।
विश्वभर व्यप्त यस संकटको घडीमा समस्त मानव समुदाय स्तब्ध बन्न पुग्नु स्वाभाविक छ । तर, यस विसम् परिस्थितिमा पनि कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्दै र आफू र आफ्नो समाज, राष्ट्रलाई बचाउने दायित्व र जिम्मेवारी राज्य, सरकार, सरकारी निकायलगायत समस्त नागरिकहरुको पनि हो । मानवीय सेवा, उपचार, सचेतना, सुरक्षा र शान्तिको प्रत्याभूति आजको मुख्य आवश्यकता हो । यस सन्दर्भमा नेपाल सरकारले गरेका विभिन्न निर्णयहरुलाई प्रेस नेपाल संघीय समिति समर्थन गर्दछ । साथै वर्तमान विश्व संकटको सन्दर्भमा निम्न सांगठानिक धारणा सार्वजनिक गर्दछ ।
१. कोरोना भाइरसको संक्रमण हुने जोखिमबाट बच्न स्वास्थ्यसम्बन्धी सुझाइएका सबै उपायहरु अवलम्बन गर्न सबैमा अनुरोध गर्दछौं ।
२. सकेसम्म घरमै बसेर वा सुरक्षित तवरले रिपोर्टिङ गर्ने, कार्यालयका कामहरु गर्ने प्रवन्ध मिलाएर कार्य गर्न सबैमा अनुरोध गर्दछौं ।
३. अत्यावश्यक नभएसम्म भिडभाडमा नजाने, जानैपरे माक्सको अनिवार्य प्रयोग गर्ने, घरमा वा घरबाहिरबाट आएर अनिवार्य साबुनपानी वा सेनिटाइजर प्रयोग गरेर हातमुख धुने तथा शारीरिक स्वाथ्यमा ध्यान दिन अनुरोध गर्दछौं ।
४. संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक थप प्रभावकारी कदमहरु चाल्न नेपाल सरकारसमक्ष माग गर्दछौं ।
५. प्रेस नेपालसँग सम्बन्धित सबै कार्यक्रम, गतिविधि, बैठक, भेलालगायत कार्यहरु हाललाई स्थगित गरिएको जानकारी गराउँदछौं ।
६.सामाजिक सञ्जालहरुबाट प्रसारण भइरहेका झुटा, भ्रामक र आममानिसमा गलत प्रभाव पार्ने सूचना सन्देशहरुबाट सजग रहन प्रेस नेपाल सबैमा आव्हान गर्दछ । साथै, यस संकटको घडीमा प्रेस नेपालसँग आवद्ध तथा अन्य सम्पूर्ण सञ्चारकर्मी मित्रहरुमा सत्य, तथ्य र पुष्टि भएका जानकारीहरुका आधारमा मात्र समाचारजन्य सामग्रीहरुको प्रकाशन÷प्रशारण गर्न अपिल गर्दछौं ।
…………………
विजय चाम्लिङ
महासचिव, प्रेस नेपाल ।