21 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedकोविड १९ धरान एप्स सार्वजनिक

कोविड १९ धरान एप्स सार्वजनिक

निमा पोङ्स्युवा

धरान / विश्वभर कोरोना भाइरसले आक्रान्ता पारिरहेको बेला सहज सूचना यथार्थ जानकारी पाउने उद्देश्यले बनाएको कोबिड १९ धरान नामक एप सन्चानलनमा आएको छ।

एपसलाई धरान उपमहानगरका मेयर तिलक राई र उपमेयर मन्जु भण्डारीले आ आफ्नो मोबाइलमा  क्लिक गरेर सार्वजनिक गरेको हो।कोड आइटी वि धराने र प्रीमियर नेपालका साजल श्रेष्ठ,गगन नेपाली,संगम शाक्य,शुभम शर्मा लगायतको समुहले तीन दिनमा तयार गरेको एप्सलाई आइतबारदेखि सार्वजनिक गरिएको हो।

एप्सले कोरोना भाइरस सम्बन्धी संपुर्ण जानकारी दिइने कुरा एप्सका सिइओ सजल श्रेष्ठले जानकारी दिए।एपसमा ब्यक्तिगत विवरण समेत राखिएकोले आफू कतिको स्वस्थ छ भन्ने कुराको समेत जानकारी हुने र कोरोनाबाट शंकास्पद भए त्यहिबाट तत्काल जानकारी मिल्ने बताए।जस्का लागि एप्समा रहेको प्रश्न सहितको फारम भर्नुपर्ने बताए।यसरी भरिएको फारम सिधै सम्बन्धित वडामा तथ्यांक बस्ने बताए।सिइओ साजलले सो तथ्यांकलाई धरान उपमहानगर वडाले काम गरे नगरेको समेत निगरानी गर्न सकिने बताए।यसो गर्नाले वडा र उपमहानगरको समन्वय हुने बताए।यसरी नयाँ थपिएको बिरामी तथा बाहिरबाट आएको के कति बिरामी छ त्यसको समेत प्रष्ट जानकारी हुने बताए।

यो एप्सबाट २० वटै वडाका जनप्रतिनिधिसंग सिधै कल गर्न सकिने ब्याबस्था गरेको छ।साथै बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हटलाईन नम्बर समेत राखिएको छ।एप्समा हाल स्थापना गरिएको फुड बैंकको समेत तथ्यांक राखिएको छ।सो तथ्यांकमा कस्ले के कति खाद्यान्न उपलब्ध गराए सो जानकारी पाउन सकिनेछ।त्यसैगरी राहत बितरणको समेत जानकारी हुनेछ भने कोहि पीडितको बारे समेत त्यहिबाट सिकायत गर्ने ब्याबस्था रहेको कुरा साजलले जानकारी दिए।

एप्स तत्कालको लागि धरान उपमहानगरको वेबसाईटमा राखिएको छ।वेबसाइटबाट सबैले डाउमलोड गरेर प्रयोग गर्न सकिने बताए। प्राविधिक कारण मोबाईलको प्ले स्टोरमा चाडै नै उपलब्ध हुने पनि जानकारी दिए।

https://youtu.be/he6xSHituQc

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments