नेपाल धिताेपत्र बाेर्डकाे २८ औँ वार्षिकोत्सव समाराेहलाई सम्बाेधन गर्दै खतिवडाले अहिलेको बदलिँदाे परिस्थितिमा हाम्राे काराेबारहरु भर्चुअल ( क्रिप्टाेकरेन्सी ) मुद्राबाट समेत गर्नुपर्ने अवस्था देखिएकाे र त्यसलाई अघि बढाउने गरी वित्तीय क्षेत्रका नियमनकारी निकायहरुले समन्वय र क्षमता अभिवृद्धि गर्नुपर्ने धारणा ब्यक्त गर्नु भयो ।
हामीले भर्चुअल करेन्सी जस्ताे क्राउड साेर्सिङ देखि क्लाउड साेर्सिङसम्मकाे प्रयाेग गरेर जानु पर्नेछ र यसका लागि हामीले हाम्राे क्षमता बढाउनुपर्छ, बजारमा साक्षरता पनि बढाउनुपर्छ-अर्थमन्त्री डा. खतिवडाले भने ।
अहिले विश्वमा बिटकोइन, इथेरियम जस्ता हजाराैं क्रिप्टाेकरेन्सीहरु प्रचलनमा आइसहेको छ । नेपालमा ३ वर्षअघि देखि यस्ता करेन्सी मार्फत् काराेबार र माइनिङ समेत प्रतिबन्ध लगाइरहेकाे छ । भारतमा भने सर्वाेच्च अदालतकाे आदेशपछि ३ महिना अघि मात्रै यस्ताे प्रतिबन्ध हटेकाे छ ।
कार्यक्रममा खतिवडाले हाम्राे पुग्नु पर्ने गन्तव्य त्याे भए पनि अहिले पुँजी बजारमा साक्षरता समेत निकै कम भएकाे भन्दै त्यसमा जाेड दिन आग्रह समेत गरे । ‘हामीले संरचनागत र कानूनी सुधार गर्दगर्दा बजारकाे साक्षरता नै पुगेकाे छैन, साक्षरता बढाएर पुँजी परिचालन गर्ने हाे भने पुँजीबजारकाे काराेबार बढेर यहीँ पर्याप्त तरलता थपिन्छ, बाहिरबाट आउनै पर्दैन’ उनले भने ।
खतिवडाले कमाेडिटिज बजारकाे सञ्चालन र नियमनलाई छिटाे अघि बढाउन बाेर्डलाई निर्देशन समेत दिए ।