20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराष्ट्रियक्वारेन्टाइनमा बसेका दुई महिलाको निधन

क्वारेन्टाइनमा बसेका दुई महिलाको निधन


प्युठानमा क्वारेन्टाइनमा बसेकी महिलाको आज निधन भएको छ । ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टाइनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनी लामो समयदेखि भारतमा बे्रन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले जनाएको छ । शव के गर्ने भन्ने विषयमा प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताए । महिलासँगै उहाँका श्रीमान्, भाइ र छोराछोरीसहित यही जेठ ८ गते नेपाल आएको र उनीहरुलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताए । परिवारका पाँच सदस्यको कोरोना आरडिटी हुँदै छ । स्वास्थ्य शाखा प्रमुख गुरुङले भने, ‘रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिने छौँ ।’

क्वारेन्टाइनबाट पोस्टमार्टका लागि लैजाँदै मृतकको शव । त्यस्तै कोरोनाको लक्षण देखिएकी १८ साताकी एक गर्भवती महिलाको क्वारेन्टाइनमै निधन भएको छ । चिकित्सकको सल्लाहले घरमा क्वारेन्टाइनमा बसेकी गर्भवतीको मंगलवार निधन भएको हो । उनलाई अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो । सप्तरीको कञ्चनरुप(११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवतीको निधन भएपछि उनको स्वाव परिक्षणको तयारी सुरु भएको छ ।

गत १० दिन देखि १ सय २ ज्वारे देखिएकी उनी यस अघि स्वास्थ्य चौकीमा उपचारका लागि पुगेकी थिइन् । स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीको सहल्लाहमा उनी घरमै क्वारेन्टाइनमा बसेकी थिइन् । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवलाई यस विषयमा जानकारी थियो । ति महिलालाई सुरक्षित होम क्वारेन्टाइनमा बस्न भनिएको उनले बताए ।

१० दिन सम्म पनि ज्वरो निको नभएपछि उनलाई राजविराज ल्याउने तयारी गरिरहेका बेला निधन भएको परिवारका सदस्यले बताए । राजविराज स्थित डाक्टर विनिता यादवको क्लिनिकमा स्वास्थ्य जाँच गराएकी उनलाई चिकित्सकले नै होम क्वारेन्टाइनमा बस्न भनेकी थिइन् ।

चिकित्सकले पिसाबको संक्रमण (यूटीआई) को औषधि दिएर होम क्वारेन्टाइनमा रहन सल्लाह दिएर घर पठाएको परिवारका सदस्यले बताएका छन् । उनी घरमै भएको बेलामा वैशाख २८ गते उनको घरबाट नन्दको विवाह समेत भएको छ । कोरोनाको लक्षण देखिएको महिलाको निधन भएपछि स्वाव संकलन थालिएको र त्यसको रिपोर्ट नआउँदा सम्मका लागि परिवारले अनत्यष्टि समेत गर्न नमिल्ने स्वास्थ्य कार्यालयले जनाएको छ । उनका यस अघि पनि जुम्ल्याहा बच्चा छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments