20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराष्ट्रियक्वारेन्टाइनमा बस्नेलाई दैनिक २०० रुपैयाँ भत्ता

क्वारेन्टाइनमा बस्नेलाई दैनिक २०० रुपैयाँ भत्ता


डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टाइन बसेका व्यक्तिलाई खाना र खाजाबापत दैनिक २०० रुपैयाँ भत्ता दिँदै आएको छ ।

जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक २०० रुपैयाँ भत्ता दिँदै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यले बताए ।

डडेल्धुरा बहुमुखी क्याम्पस, महेन्द्र माविलगायत क्याम्पसमा बनाएका क्वारेन्टाइनमा सबैजना नअटाउने र सबैलाई खाना र खाजा नगरपालिकाले खुवाउन नसक्ने भएकाले स्थानीयस्तरमै वडामा बनाइएका क्वारेन्टाइनमा बस्न लगाउने र त्यहाँ बसेका व्यक्तिले आ–आफ्नो घरबाट खानाको व्यवस्था गरे दैनिक २०० रुपैयाँका दरले भत्ता दिने गरेको उनले बताए ।

अमरगढी नगरपालिकाका ११ वटा वडामा निर्माण भएका १७ वटा क्वारेन्टाइनभित्र ६२८ जना रहेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउँदले बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments