25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeअन्तरराष्ट्रियक्वारेन्टाइनमा राखिएकी एक महिलासँग यौन सम्बन्धको माग

क्वारेन्टाइनमा राखिएकी एक महिलासँग यौन सम्बन्धको माग

काठमाडौं। कोरोना संक्रमण फैलिने आशंकामा क्वारेन्टाइनमा राखिएका महिलाहरुसँग नाजायज माग गर्ने क्रम बढेको पाइएको छ । पछिल्लो समय भारतको महाराष्ट्रको अमरावतीमा क्वारेन्टाइनमा राखिएकी एक गरिब महिलासँग गाउँकै एक व्यक्तिले यौन सम्बन्धको माग गरेका छन् ।

यो घटनापछि गाउँमा हंगामा भएको छ । महिलाको उजुरीपछि आरोपिलाई पक्राउ गरिएको छ ।
अमरावती जिल्लाको चांदूर रेलवे पुलिस थाना अन्तर्गत पर्ने बडगांव राजदी गाउँमा जिल्ला परिषदको स्कुलमा आइसोलेसन सेन्टर बनाइएको छ ।

गाउँकै पुलिस पाटिल मदिराको नशामा त्यहाँ आएर महिलालाई शरीरिक सम्बन्धको लागि दबाब दिएका थिए ।

घटना यही ठाउँको हो । गाउँका पुलिस पाटिल नामका व्यक्तिले महिलालाई शारीरिक सम्बन्धको लागि दबाब दिएका हुन् । महिलाले यसको उजुरी पुलिसलाई दिएपछि पुलिसले आरोपीलाई पक्राउ गरेको छ ।

पुलिसका अनुसार मुम्बइबाट मजदूरहरुको एक परिवार गाउँ फर्केको थियो । नियमअनुसार उनीहरु क्वारेन्टाइनमा बसेका थिए । त्यही बेला गाउँकै पुलिस पाटिल मदिराको नशामा त्यहाँ आएर महिलालाई शरीरिक सम्बन्धको लागि दबाब दिएका थिए ।

उनले महिलालाई आफ्नो माग पूरा नगरे खाना नदिने धम्की दिए । महिला आत्तिएर चिच्याएपछि गाउँलेहरु जम्मा भए । महिलाको गुनासोपछि पुलिसलाई खबर गरिएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments