23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराष्ट्रियक्‍वारेन्टाइनबाट घर पठाएका युवकको मृत्यु

क्‍वारेन्टाइनबाट घर पठाएका युवकको मृत्यु

दार्चुला । जिल्लाको मार्मा गाउँपालिकाले एकदिन क्‍वारेन्टाइनमा राखेर घर पठाएको युवकको मृत्यु भएको छ। भारतको बंगलोरबाट घर फर्किएका मार्मा गाउँपालिका ३ का एक युवकको मृत्यु भएको हो। गौरीफन्टा नाका भएर जेठ २९ गते मार्माको लटिनाथ पुगेका २१ वर्षीय युवकको बिहीबार बेलुकी मृत्यु भएको मार्मा स्वास्थ्य संयोजक चक्रसिंह धामीले बताए।

मानसिकरुपमा अस्वस्थ रहेका युवकलाई एक दिन मात्रै लटिनाथ मावि रस्कोटको क्वारेन्टाइनमा राखिएको थियो । धनगढी र लटिनाथमा गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो। परिवारले उपचार गर्ने भन्दै घर लगेका युवकमा ज्वरो बढ्दै गएको थियो। बिहीबार राती नै पीसीआर नमूना संकलन गरी शुक्रबार धनगढी प्रयोगशाला पठाइएको छ।अन्नपूर्ण पोस्टबाट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments