धरान / मोरङको बिराट चोकमा भएको तिनदिने खाद्य मेलामा धरानबाट राखिएको स्टलमा केन्द्रिय प्रविधी क्याम्पस धरान,न्युट्रेसन रिसर्च प्राली धरान, सुनसरी टेक्निकल कलेज धरान र संखुवासभा भोटखोलाको सिस्नुको पाउडर तेस्रो भै पुरस्कृत भएको छ।
आइतबार सम्पन्न भएको खाद्य मेलामा विभिन्न बिधा मध्ये चेतनामुलक तथा प्रवर्द्धनात्मक तर्फ केन्द्रिय प्रविधी क्याम्पसले खाद्य पदार्थमा पोषण बारे जानकारी दिने उदेश्यले स्टल राखेक थिए।क्याम्पसले पोषण सम्बन्धि प्रथम भै नगद १० हजार न्युट्रेसन काउन्सेलिङ रिसर्च प्राली धरान दोस्रो भै नगद ८ हजार सुनसरी टेक्निकल कलेज तेस्रो हुँदै ६ हजार नगद प्राप्त गरेको छ।त्यसैगरि निलगिरी कलेज इटहरीले सान्त्वना प्राप्त गर्दै नगद ४ हजार रुपैया प्राप्त गरेको कुरा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय बिराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए।
उत्पादन मुलक तर्फ हिमाली कृषि उद्योग जुम्ला प्रथम,मातृभुमी टि स्टेट प्राली मोरङ दोस्रो हिमाली सिस्नु प्याकेजिङ (पाउडर) उद्योग संखुवासभा तेस्रो र नमुना कलेक्सन अचार उद्योग इलाम सान्त्वना प्राप्त गर्दै नगद पुरस्कार क्रमश १० हजार,८ हजार,६ हजार,४ हजार प्राप्त गरेको छ।
सिस्नुको पाउडर तेस्रो भएपछि खुशी हुँदै उद्योगका सन्चालक वाङछेदर भोटेले यस उद्योग यहाँसम्म आइपुग्नमा डिभिजन वन कार्यालय संखुवा सभा, सामुदायिक वन उपभोक्ता महासंघ संखुवा सभाको तिनजुरे मिल्के जलजले क्षेत्र संरक्षण आयोजना, १० जना उद्यमी, मेरा गाउँमा रहेका युवाहरु,उद्योगको व्यवसायिक योजना लेखन सहयोगि ताप्लेजुङ जिल्लाको पूर्णबहादुर साङपाङ राई लगायतको उच्च सहयोग रहेको प्रतिक्रिया दिए।उनले अब निरन्तर सिस्नुको पाउडर उत्पादनमा लाग्ने बताए।
त्यसैगरी परम्परा तथा स्थानीय परिकार समुहमा धोती पगौरी किसान समुह मोरङ प्रथम,नेवारी हलेसी खाजाघर मोरङदोस्रो, धिमाल खाद्यान्न परिकार खाजाघर मोरङ तेस्रो र अन्तु डाँडा सामुदायिक होमस्टे इलाम सान्त्वना भएको छ।पुरस्कृत सबै उद्योगि ब्याबसायिलाई सुन्दरपुर हरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले पुरस्कार प्रदान गरेका हुन।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरको आयोजनामा प्रदेश स्तरीय खाद्य मेला लगाएका हुन। माघ १०,११ र १२ गतेसम्म भएको मेलामा ६२ वटा स्टल रहेका थिए।