
– निमा पोङ्स्युवा
बिराट चोक ( मोरङ)/ खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय बिराटनगरले आयोजना गरेको बिराट चोकमा भैरहेको तिनदिने खाद्य मेलामा पुर्वको कर्णाली भनेर चिनिने संखुवासभाको सिस्नोदेखी पश्चिमको कर्णाली जुम्ला हुम्लाको मार्सिको चामल समेत स्टलमा राखिएको छ।
शुकवारदेखि शुरु भएको मेला प्रदेश नम्बर १ का भुमी ब्याबस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरद्वारा उद्घाटन भएकोको कुरा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले जानकारी दिए।आइतबारसम्म सन्चालनमा रहने मेलामा जम्मा ६२ वटा स्टलहरु रहेको कुरा खाद्य अनुसन्धान अधिकृत बिराटनगरका अधिकृत सन्जय भन्डारिले जानकारी दिए।परमपरागत पोषिलो एबम खाद्य पदार्थको प्रवर्द्धन गरौं,असल पोषणको लागि खानेबानिमा सुधार गरौ भन्ने मुल नाराका साथ खाद्य मेला सन्चालन भैरहेको छ।
मेलामा विभिन्न जात जातिको खाद्य पदार्थ संगै नेपालमा नै उत्पादन गरिएका विभिन्न प्रकारका खाद्य पदार्थहरुको स्टल राखिएको छ।
संखुवासभा जिल्लाको अति दुर्गम मानिने तत्कालीन हटिया गाबिस हालको भोटखोला गाउँपालिका सिप्रुमा उत्पादन गरिएको सिस्नोको पाउडर पनि राखिएको छ।सिस्नोको चिया यसअघि पाईने भए पनि यो उपज भने दालको लागि भएको कुरा हिमाली सिस्नोको पाउडरका बजार प्रतिनिधि दोल्मा भोटेले जानकारी दिए।उनले यस उत्पादन तयारी गरिरहदा मेलाको सुचना पाएपछि प्रदर्शनीमा आएको बताए।बजार प्रतिनिधि दोलमाले भने -`हामिले सोचे भन्दा फरक कुरा पाए,यहाँ हिमाली समुदायले मात्र नभएर अन्य समुदायले चाख मानेर किनेर लगे ।हामी आफै अचम्म संगै उत्साहीत छु।´उनिहरुको उपजमा १०० ग्रामको पाकेटमा दुई सय रुपैयाको मूल्य रहेको बताए।सिस्नोको पाउडरको लागि हाल खेती समेत गर्न शुरु गरेको बताए।१६ रोपनिमा सिस्नुको खेती थालेको भन्दै जसका लागि १० जना कादार र एक जना प्राविधिक सहित ११ जना लागिपरेको बताए।
त्यसैगरी स्टलमा हुम्ला जुम्लाको खाद्य उत्पादनमा पनि बिक्री उच्च रहेको पाइएको छ।हिमाली कृषि उद्योग जुम्लाका उत्पादक गंगादेबी राउतले आफ्नो उत्पादनको बिक्री राम्रो भएको बताए।आफुले बिगत ११ वर्षदेखि यसरी उत्पादन संगै बिक्रिमा लागेको अनुभव सुनाउदै समय ब्जने छोटो भएको बताए।उअन्ले आफ्ना उत्पादन अर्गानिक भएको कारणले मन पराएको दाबी गरे।जुम्ला कै अर्का उत्पादक देउती अर्गानिक फलफुल बस्तु तथा मह उद्योगका उत्पादक सौरे रोकायले आफ्नो उत्पादन राम्रो बिक्री भैरहेको बताए।गंगादेबी र सौरे रोकायले जुम्लाको मार्सी चामल तिते फापर मिठे फापरको पिठो,मकैको च्याँख्ला,कागिमुनी लगायतको उपज बिक्रि बितरणको लागि राखिएको छ।
मेलामा राई थारु धिमाल नेवार लगातय समुदायको खाद्य परिकार राखिएको छ।मेलामा इलाम जिल्लाका ललिपप विभिन्न जिल्लामा उत्पादन गरिएका घरेलु मह,भिर मौरीको मह भेडेटारको सागसब्जी अचारका परिकारहरु सिस्नुको चिया लगायतको स्टल राखिएका छन।आइतबार मेला समापनमा विभिन्न समुहमा पुरस्कृत गरिएर समापन हुनेछ भने सांगीतिक कार्यक्रममा राष्ट्रिय कलाकार रामा मण्डल,तुलसी बस्नेत तथा स्थानीय कलाकारद्वारा प्रस्तुती समेत भैरहेको छ।