25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeसमाचारखानेपानीको कृत्रिम अभाव गराएको भन्दै महसुल नतिर्ने चेतावनी,संस्थान कमाउ धन्दामा लाग्न बोर्डमा...

खानेपानीको कृत्रिम अभाव गराएको भन्दै महसुल नतिर्ने चेतावनी,संस्थान कमाउ धन्दामा लाग्न बोर्डमा नगएको आरोप(भिडियो सहित)

धरान / धरान उपमहानगर वडा नम्बर ९ मा खानेपानीको कृत्रिम अभाव गराएको भन्दै पानी नदिए सबै वडाबासीले न्यूनतम महसुल नबुझाउने चेतावनी दिएको छ।

खानेपानी कृत्रिम अभाव विरुद्ध वडा नम्बर ९ का बासिन्दा सोमबारदेखि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको भन्दै  वडा नम्बर ९ का वडा अध्यक्ष रत्नबहादुर कटुवालको संयोजकत्वमा आन्दोलनको घोषणा गरेको छ। यस बिषयमा वडा नम्बर ९ को कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेको हो।

वडा अध्यक्ष कटुवालले खानेपानी संस्थानमा पटकपटक लिखित माग ज्ञापनपत्र समेत बुझाउदा पनि आश्वासन मात्र दिएको भन्दै अब आश्वासनको भरमा नबस्ने बताए।सोमबारदेखि वडाबासिले खाली गाग्री प्लेकार्ड सहित संस्थान घेराउ गर्ने बताए।उनले यति गर्दा पनि खानेपानी आपूर्ति नगरे पानीको न्युनतम महसुल नबुझाउने अभियान थाल्ने बताए। यसको लागि बिलम्ब शुल्क लगाउने नियम भएको भन्दै त्यसको जिम्मेवारी आफू वडा अध्यक्ष भएको कारण लिने बताए।समयमा पानी नदिने अनि हामिले हावामा घुमेको मिटरको महसुल तिर्न बाध्य नहुने बताए।वडा अध्यक्ष कटुवालले संस्थान बोर्डमा नगएर यता उता देखाएर टार्ने काम गरेको बताए।

वडाबासि उपभोक्ता कुमार कटुवालले पाइप विस्तार गर्न लगाएर खानेपानी संस्थानले व्यापार गरिरहेको आरोप लगाए । अर्का स्थानीय बासी शिव राईले धरानबासीलाई काकाकुल बनाउँदै बीपी प्रतिष्ठानलाई नौ लाखको पानी बेचेको आरोप लगाए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments