– निमा पोङ्स्युवा
धरान / तत्कालीन प्रतिपक्षी दल काङ्ग्रेसले नै खानेपानी संस्थान हस्तान्तरण गर्न हुन्न भन्नेले अहिले आफू कुर्सिमा पुग्दा संस्थान बोर्डमा लान खोजेको आरोप लगाएको छ।
धरान उपमहानगरले कार्यपालिका बैठकको निर्णय अनुसार खानेपानी संस्थानलाई महसुल नतिर्न धराने खानेपानी उपभोक्तालाई उर्दी गरेको बिरोधमा मंगलबार आयोजित कोणसभा अधिकांशले यहि कुरा दोहोर्याए । तत्कालीन मन्जु भन्डारी कार्यबाहक मेयर हुँदा काङ्ग्रेसका तिलक राई नै संस्थान बोर्डमा जान नहुने भनेर ज्ञापनपत्र बुझाएको भन्दै त्यो ज्ञापनपत्र अहिले कुम्लो पारी थन्क्याएको आरोप संघीय लोकतान्त्रिक राष्ट्रिय मंच संघीय लिम्बुवानका सुनसरी अध्यक्ष अमर इजमले आरोप लगाए।इजमले जुन संस्थानले पानी खुवाईरहेको छ त्यही संस्थानलाई महसुल बुझाउने बताए।बोर्डलाई यदि महसुल बुझाउने हो भने ट्यारिफ बोर्डले तोकेबमोजिमको महसुल तिर्ने बताए।होइन भने नगरपालिकाले निशुल्क पानी बितरण गरोस इजमले भने।उनले दोब्बर महसुल धराने जनताले तिर्न नसक्ने स्पष्ट पारे। उनले सुन्दर नगरी धरानलाई कालो पोतेर बिरुप बनाएको आरोप लगाए।नयाँ धारा जडान गर्दा संकलन भएको ६ देखि ८ करोडको लेखा समेत नभएको बताए।
दीर्घकालीन खानेपानी व्यावस्थापन संघर्ष समिति सह संयोजक हर्क साङ्पाङले आफुहरुको तीन बुँदे माग पूरा गर्नुपर्ने बताए।हालसम्म खर्च भएको परियोजनाको खर्छ विवरण सार्वजनिक गर्नुपर्ने,परियोजनासंग संझौता बमोजिमको पानी उत्पादन हुनुपर्ने र खानेपानी महसुल ट्यारिफले निर्धारण गरे अनुसारको हुनुपर्ने माग रहेको बताए।यदि त्यही अनुसार माग पूरा भए बोर्डमा जान कुनै आपत्ति नभएको बताए।
जनसरोकार मंछ धरानका उपसंयोजक लोकबहादुर राईले परियोजनाले अन्तर्राष्ट्रिय मापदण्ड बिपरित प्लास्टिकको पाईप लगाएको बताए।त्यसबाट आएको पानी स्वास्थ्यको लागि हानिकारक हुने बताए।तर उपभोक्तालाई त्यस्तो खाल्को पानी खुवाएको आरोप लगाए।परियोजना ले संस्थानको सबै पाईप काटेर जोडेको बताए।परियोजनाले पानी दिएको छैन त उसलाई महसुल बुझाउनुको कुनै औचित्य नभएको बताए।राईले सर्वप्रथम त धराने जनतालाई पानी दिनुपर्यो अनि मात्र महसुल बुझाउने कुरा हुन्छ पानी नै नदिएको अवस्थामा महसुल तिर्नुको कारण नभएको बताए। खानेपानी संस्थानले न्युनतम महसुल एकसय बीस लिइरहेकोमा परियोजनाले २ सय चालोस लिइरहेको जनाए। लोकबहादुरले खानेपानी संस्थान मास्न नहुने बताए।खानेपानी बोर्डमा लानु भनेको संस्थानको जग्गा हडप्ने योजना भएको आरोप लगाए।धराने जनतालाई खानेपानी चाहिएको हो भन्दै त्यो काम संस्थानले गरेको दाबी गरे।
धनबहादुर राईले आजसम्म सबै दललाई जिताएर पठाउदा पनि उहीँ बेथिति रहेको बताए।काङ्ग्रेसले नै खानेपानी संस्थान बोर्डमा जान हुँदैन भनेर बाराम्बार भनेको भन्दै आज उसैले संस्थान विरुद्ध लागेको बताए।मन्जु भण्डारी कार्यबाहक मेयर हुँदा काङ्ग्रेसले नै बाराम्बार ज्ञापनपत्र बुझाएको बताए।
यस बिषयमा खानेपानी अनुगमन समिति संयोजक तथा नेपाली काङ्ग्रेस सुनसरी जिल्ला सचीव सुजेन्द्र तामाङले पनि ट्यारिफ बोर्डले निर्धारण गरेको बमोजिम नै महसुल हुनुपर्ने र परियोजनासंग सम्झौता गर्दा पनि ट्यारिफ बोर्डले निर्धारण गरेको महसुल लिने भन्ने भएकोले ट्यारिफको महसुल बमोजिम नै हुनुपर्ने बताए।
धरान उपमहानगरको कार्यपालिका बैठकले संस्थानलाई महसुल नबुझाउन भनेपछि त्यसको बिरोधमा संघर्ष समितिले धरानको लोकतान्त्रिक चौतारिमा बिरोध सभा आयोजना गरेको हो।बैठक ले संस्थानलाई बोर्डमा आउन फागुन महिनाको समय सिमा दिएको छ।परियोजनाले भुमिगत पानी एक करोड पचास लाख लिटर उत्पादन गर्ने र दैनिक १६ घन्टासम्म पानी दिने सम्झौतामा गरेको छ।हाल परियोजनाको पानी धरान वडा नम्बर ११,१५,१७ मा बितरण भैरहेको छ।महसुल न्युनतम संस्थान भन्दा दोब्बर रहेको छ।संस्थान खानेपानी ट्यारिफले निर्धारण गरिएको न्युनतम महसुल ११० रुपैया लिरहेका छ्न।हाल परियोजनाले बितरण गरेका वडामा ट्यारिफले निर्धारण गरेको भन्दा ठिक दोब्बर २२० रुपैया लिने गरेको छ।भने न्युनतम १० युनिट राखिएको र त्यस भन्दा बढी प्रति युनिट ३० रुपैयाँको दरले महसुल लिइरहेको छ।