– निमा पोङ्स्युवा
चैैत १६, धरान / कोरोनाबाट वचन लक डाउन गरिएपछि दैनिक उपभोग्य बस्तुमा मुल्य वृद्धि भएको छ।
मूल्य वृद्धिलाई नियन्त्रण गर्ने उद्देश्यले धरान उपमहानगरले एकद्वार निति अबलम्बन गरेको छ।उपमहानगरले आइतबार बसेको बैठकले १७ गते सोमबारबाट सबैतिर बाट भित्रिएका तरकारी कृषि बजारमा जम्मा गर्नुपर्ने निर्णय गरेको छ। बैठकले कृषि बजारले अन्य खुद्रा व्यापारीलाई सामान विक्रि गर्न नपाउने भनिएको छ।जस्का लागि एउटा समिति नै गठन गरेको छ।धरान उपमहानगर संयोजक रहेको समितिमा १३ सदस्यीय छन।उक्त गठित समितिले घरमा नै होम डेलिभरी गर्ने व्यवस्था मिलाइएको जनाएको छ।
बैठकको निर्णय सार्वजनिक गर्दै सबै तिरबाट तरकारी कृषि बजारमा जम्मा गर्नुपर्ने,जम्मा भएका तरकारी कृषि बजारले अन्य तरकारी ब्यापारीलाई खुद्रा बिक्रि बितरण गर्न नपाउने,प्रत्येक वडामा नगरपालिकासंग समन्वय गरि कृषि बजार ब्याबस्थापन समितिले उपभोक्ताको घर घरमा तरकारी बितरण गर्ने र जस्का लागि एउटा समिति गठन गर्ने भनी निर्णय सार्वजनिक गरिएको छ।
मेयर तिलक राईको अध्यक्षतामा बसेको बैठकले समितिका सदस्यहरुमा पर्शुराम कटुवाल,काजी गिरि,धर्मनाथ तिम्सिना,रामकुमार दास,मिठु घिमिरे,इलाका प्रहरी कार्यालय,कृष्णप्रसाद ताम्राकार,राजेन्द्र दर्नाल,बिनोद राई,शसस्त्र प्रहरी बल,अर्जुन जसवाल,रामराज कटुवाल,शिबचन्द्र चौधरी रहेका छन।