23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeअन्तरराष्ट्रियखोटाङ सेवा समाज युएईको भिजिट नेपालको प्रचार सगै शुभकामना कामना आदानप्रदान तथा...

खोटाङ सेवा समाज युएईको भिजिट नेपालको प्रचार सगै शुभकामना कामना आदानप्रदान तथा बनभोज सप्पन्न


युएई जनवरी ४ अन्तर्राष्ट्रिय नयाबर्ष तथा भिजिट नेपाल २०२०को अवशरमा खोटाङ सेवा समाज युएईले युएईको राजधानी आबुधाबी स्थित मुसफाह फेमिली (साकेला )पार्कमा हिजो जनवरी ३ तारिख शुक्रबारको दिन भिजिट नेपालको प्रचार सगै शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ।
युएईको विभिन्न इमिरेट्स बाट लगभग आधा हजार खोटाङ्गे तथा गैर खोटाङ्गेहरुको सहभागिता रहेको कार्यक्रममा खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल गुरुङ सभापतित्वमा खोटाङ्गे चेली,समाजसेवी,पहिचानवादी नेतृ,अन्तर्राष्ट्रिय नेपाली समाज युएईकि सल्लाहकार श्रीमती शुशी पुलामी घर्ती मगरको प्रमुख आतिथ्यमा विशेष अतिथिहरुमा किरात राई यायोख्खा शाखा युएई महासचिव डिके किराती,सुनुवार सेवा समाज शाखा युएई बिपसा सुनुवार,खोटाङ सेवा समाज कतारका भुपु अध्यक्ष प्रकाश गुरुङ,खोटाङ सेवा समाज युएईको सस्थापक अध्यक्ष बाल कुमार राई,समाजसेवी हरिमान तामाङ, विस्वकर्मा समाज युएई उपाध्यक्ष शङ्कर सुनार,संघीय लोकतान्त्रिक मञ्च लिम्बुवान प्रकाश फियाक लिम्बू तथा अतिथिहरुमा किरात राई यायोख्खा शाखा युएई कोषाध्यक्ष सरु सितल राई,गायिका कोपिला राई,खोटाङ्गे अग्रज चन्द्र बहादुर गुरुङ,गीतकार काशी कोयि राई,समाजसेवी केदार मेवाहाङ राई,समाजसेवी रामचन्द्र गुरुङ,समाजसेवी पूर्ण सारुमगर हुनुहुन्थ्यो भने बिगत लामो समय देखि सहकार्य र आपसी सहयोग हुँदै आएको छिमेकी जिल्लागत सस्था भोजपुर हातेमालो समाज युएई बाट भने कोही प्रतिनिधिको उपस्थिति रहेको थिएन।
बिगत लामो समय देखि युएईमा रहनुहुने खोटाङ्गेहरुलाई एकताको शुत्रमा बाध्दै सामाजिक कार्यहरु गर्दै आइरहेको खोटाङ सेवा समाज युएईले हरेक साल परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ र कार्यक्रमको पहिलो चरणमा समाजका प्रवक्ता ज्ञान प्रसाद ढुंगानाले स्वागत मन्तव्य दिनुभएको थियो।कार्यक्रमको अवशरमा प्रमुख अतिथी श्रीमती शुशी पुलामी घर्तिमगरले शुभकामना मन्तव्य राख्नु हुँदै प्रवासमा रहेर पनि जिल्लाबाशिको एकता अनि सामाजिक कार्यमा सकृय हुनु अनुकरणीय कार्य रहेको,आफुलाई कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको तथा समाजको अझै प्रगतिको कामना गर्नुहुदै भिजिट नेपाल २०२० सफल बनाउन हरेक नेपालीको दायित्व रहेको र सबैले आआफ्नो ठाउँ बाट एक असल नागरिकको भूमिका निर्वाह गर्न अनुरोध पनि गर्नुभयो।कार्यक्रममा अतिथिहरु प्रकाश फियाक लिम्बू,हरिमान तामाङ,प्रकाश गुरुङले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो।
त्यसैगरी कार्यक्रमको अर्को चरणमा भिजिट नेपाल २०२०को लोगो तथा खोटाङ सेवा समाज युएईको लोगो अंकित टिसर्ट वितरण र प्रदर्शन गरिसके पछि साङ्गितिक कार्यक्रम सुरु गरिएको थियो जशमा कलाकारहरु डिके किराती,कोपिला राई,रियो चाम्स,सरु सितल राई,नवीन दुमि आदिले प्रस्तुति दिनुभएको थियो भने किराँती कलाकार सन्जय खालिङ राईको अगुवाइमा किरात राईहरुको साकेला सिलि नाच पनि सामुहिक रुपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रमको तेस्रो चरणमा भने विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो र खेलकुद तर्फ म्युजिकल चियर्समा शारदा राई प्रथम युना राई दोश्रो तथा बिपासा सुनुवार तेस्रो हुनुभएको थियो भने हाँडिफोर खेलमा सरु सितल राई प्रथम हुनुभएको थियो।त्यस्तै गरि चर्चित गीत “खोटाङ जिल्ला दिक्तेल बजार”को बोलमा दोहोरी गीत प्रतियोगिता पनि गरिएको थियो उक्त प्रतियोगितामा शारदा राई, अस्मि तामाङ को टोलि प्रथम तथा शेखर घिमिरे ,नवीन थुलुङ राईको टोलि दोस्रो हुनुभएको थियो।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल गुरुङ ज्युले कार्यक्रम सफल बनाउन अहोरात्र खट्नु हुने,निमन्त्रणालाई स्विकार गरि कार्यक्रममा उपस्थित हुनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको दौरानमा भए गरेका कमि कमजोरीहरु प्रति क्षमा याचना गर्दै आगामी कार्यक्रमहरुमा सच्चाउदै अझै ससक्त र प्रभावकारी ढंगले आयोजना गर्ने प्रतिबद्धता जाहेर गर्दै कार्यक्रम समापन गर्नुभयो।कार्यक्रमलाई तेज राई,सुनिल राउत र शेखर घिमिरेले संचालन गर्नुभएको थियो

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments