20.1 C
Kathmandu
Wednesday, November 29, 2023
HomeUncategorizedखोप लगाएकाले पनि सार्छन् भाइरस : अमेरिकाको 'सिडिसी' ले मास्क लगाउन सिफारिस...

खोप लगाएकाले पनि सार्छन् भाइरस : अमेरिकाको ‘सिडिसी’ ले मास्क लगाउन सिफारिस गर्यो

अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडिसी)

अमेरिकाले खोप लगाएकालाई पनि सार्वजनिक स्थलमा मास्क लगाउन फेरि सिफारिस गरेको छ। अमेरिकाको मासाच्युट राज्य नजिककैको केप कोड नामक प्रायद्वीपमा गरिएको अध्ययनको नतिजाका आधारमा अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडिसी) ले मास्क लगाउन नीतिगत सिफारिस गरेको हो।

अध्ययनमा खोप लगाएका १२७ जनालाई समेटिएको थियो, जसमा कोरोनाको डेल्टा भेरियन्ट भाइरस भेटिएको थियो। उनीहरूले खोप नलगाएका तथा आंशिक रूपमा खोप लगाएका मानिसले सार्ने अनुुपातमै अन्यलाई भाइरस सारेको अध्ययनले देखाएको छ।

केप कोडमा जुलाई ४ मा आयोजना गरिएको स्थानीय उत्सवमा सहभागी ४३० जनामा भाइरस संक्रमण भएको थियो।  ‘उच्च भाइरल लोडका कारण संक्रमणको उच्च जोखिम देखिएको छ। 

भाइरसका अन्य प्रजातिभन्दा फरक हिसाबले खोप लगाए पनि डेल्टा भेरियन्टका संक्रमितले अन्यलाई भाइरस सार्ने देखिएको छ,’ सिडिसीका निर्देशक रोसेल वालेन्स्कीले शुक्रबार भने।

उनले अध्ययनको नतिजा चिन्ताजनक रहेको र यही नतिजाका कारण अमेरिकाले मास्कसम्बन्धी निर्देशिका परिमार्जन गर्नुपरेको बताए। गत साताको सुरुमा सिडिसीको एक आन्तरिक प्रस्तुतिमा डेल्टा भाइरस ठेउला (चिकनपक्स) जत्तिकै संक्रामक रहेको बताइएको थियो।

डेल्टा भेरियन्ट सामान्य रुघाखोकी, मौसमी फ्लु तथा स्मलपक्सभन्दा अधिक तर दादुराभन्दा कम संक्रामक रहेको प्रस्तुतिमा उल्लेख गरिएको समाचार वासिङ्टन पोस्ट नामक दैनिक पत्रिकाले गत साता प्रकाशन गरेको थियो।

‘अब लडाइँको प्रकृति फरक भएको छ,’ सिडिसीको उक्त प्रस्तुतिमा भनिएको थियो। अस्पतालमा भर्ना हुने बिरामी तथा मृत्युलाई उल्लेख्य हिसाबले रोक्न कोभिड–१९ विरुद्धको खोप सफल रहे पनि संक्रमण रोक्न सफल छैन । यही कारण ओलम्पिकजस्ता खेलकुद आयोजना तथा दीर्घकालसम्मका लागि मानिसमा प्रतिरक्षा शक्ति विकास हुनेनहुने विषयमा प्रश्न उठेका छन्। 

–वाल स्ट्रिट जर्नल

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments