26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
Homeसमाचारगणेश रेणु दम्पतिद्वारा घरभाडा छुटको सरप्राइज

गणेश रेणु दम्पतिद्वारा घरभाडा छुटको सरप्राइज

घरधनी रेनु सुब्बा र संयमड्राइभिङ सेन्टरका संचालक नबिन रम्तेल

निमा पोंस्युवा 

धरान / लकडाउनका कारण व्यावसाय ठप्प भएको भन्दै गणेश लिम्बू र रेणु सुब्बाले एक महिनाको धरभाडा सरप्रईजको  रुपमा संयम ड्राइभिङ सेन्टरका संचालक नबिन रम्तेललाई दिएको छ ।
नबिन रम्तेल आज आफ्नो ड्राइभिङ सेन्टर पुगेको बेला घर धनि रेनु सुब्बाले बोलाएर गत चैत महिनाको घरभाडा नलिने भन्दै यो मेरो तफबाट सप्र्राज भएको बताए । सुब्बाले धरान वडा नम्बर ७ मा रहेको घरमा एउटा ड्राइभिङ सेन्टर सहित २ वटा कोठा भाडामा दिएको बताए । त्यसैगरी बराह ज्वेलरी पछाडी रहेको किराना पसलको रहेको घर २ वटा कोठा घरभाडामा रहेको बताए । उनीहरुलाई पनि भाडा छुट दिने बताए । घर धनि रेनु सुब्बाले हाल एक महिनाको घर भाडा छुट दिएको भन्दै लकडाउनको अवस्था हेरेर त्यही अनुसार छुट दिने प्रतिवद्घता जनाए । बैशाखको पनि दोस्रो हप्ता गुज्रिरहेको अवस्थामा लकडाउन निरन्तर रहे आफूले घर भाडा छुट दिने प्रतिवद्घता जनाए ।
नेपाल सरकारले यस अघि चैत महिनाको घर भाडा नलिन, बोर्डिङ स्कूलको एक महिनाको शुल्क छुट दिनुपर्ने लगायतका राहत प्याकेज घोषणा गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments