26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
Homeराष्ट्रियगण्डकी प्रदेशका १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ८२१ पुग्याे

गण्डकी प्रदेशका १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ८२१ पुग्याे

काठमाडौँ । गण्डकी प्रदेशको स्याङ्जा र पर्वत जिल्लामा ५/५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश पोखराका अनुसार स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमामा बसेका बर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र बिरुवा गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष २० का १ जना पुरुषमा कोरोना पुष्टि भएको हो।

यसैगरी, पर्बतको फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष १९, २० र २१ का ३ जना पुरुषमा समेत गरि पर्बत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ। यससँँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ।
सोमबारसम्म नेपालमा १ हजार ८ सय ११ जना कोरोना संक्रमण पुष्टि भएकोमा यो संगै संक्रमितको संख्या १ हजार ८२१ पुगेको छ ।
संक्रमित मध्ये २२१ जना निको भएर घर फर्किसकेका छन् भने ८ जना मृतकमा कोरोना संक्रमण देखिएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments