22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeराष्ट्रियगाडी दुर्घटनामा प्रतापपुर गाउँपालिका प्रमुखको मृत्यु

गाडी दुर्घटनामा प्रतापपुर गाउँपालिका प्रमुखको मृत्यु

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका प्रमुख राजकुमार शर्माको गाडी दुर्घटनामा निधन भएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन गाउँपालिकाको लु १ झ ३७९ नम्बरको गाडीमा परासी जाँदै गर्दा बर्दघाटस्थित लक्ष्मीपुरमा दुर्घटनामा परेर घटनास्थलमै उनको मृत्यु भएको हो।

आइतबार बिहान ११ बजेतिर दुर्घटना भएको र बर्दघास्थित चिसापानी अस्पतालमा उपचारको क्रममा शर्माको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी राजु लामाले जानकारी दिए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गाहाका अनुसार, अध्यक्ष शर्मा आफैंले गाडी चलाएका थिए। शर्मासँगै गाडीमा भएका हरिलाल राजभरको उपचार भइरहेको डीएसपी लामाले बताए।

५१ वर्षीय शर्मा नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुखमा निर्वाचित भएका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments