गायक नकुल ढकाल नविनको सामाजिक विकृत जुवातास बिरुद्धको चेतनामुलक गीत”मुखियाको नाती”सार्वजनिक भएको छ । चर्चित लोक गायक बषन्त थापा,नकुल ढकाल र अमित विश्वकर्माको संयुक्त स्वर रहेको यस गीतको शब्द स्वयम गायक नकुल ढकालको रहेको छ भने संगीत धुर्व जि.सी. ले गरेका हुन । समाजमा ब्याप्त विकृतिको रुपमा रहेको जुवातास लाई मध्यनजर गर्दै ढकालले सन्देशमुलक गीत सार्वजनिक गरेका हुन ।
समय अनुसार भिन्न भिन्न शैलीको सृजना गर्ने ढकालको यस भन्दा पहिलेपनी थुप्रै गीत बजारमा आएका छन । नेपाली कलाकारीतामा अब्बल देखिने एक बहुप्रतिभाशाली कलाकार सुरबिर पण्डित, नकुल ढकाल, म्याग्देली गायक रबि कार्की , अमित विश्वकर्मा दिपा पौड्याल लगाायतको अभिनय देख्न सकिने यस गीतमा गायक ढकाल आफु मुखियाको सन्तान भएतापनी जुवातासको लटमा फसे पछि दिन प्रतिदिन बिग्रदै गएर अन्तिममा आफु यसैको कारण पागल बनेको भुमिका निर्वाह गरेका हुन । भिडियो :