22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeराष्ट्रियगायक प्रकाश खरेलको अनाथ प्रेम

गायक प्रकाश खरेलको अनाथ प्रेम


कोभिड 19 को माहामारीको क्रममा विदेशमा बसेका नेपालीहरू द्वारा आ-आफ्नो क्षमता अनुसार नेपालमा सहयोग गर्ने क्रम जारी छ। आफ्नो देश प्रति माया भएकै करण सवै वर्ग र तप्कालाई सहयोग गर्न नसके पनि केही अति आवश्यक पर्ने ठाउँहरूमा भने सहयोग आइरहेका छन् । यस संकटको घडीमा प्राय जसो युवा वर्ग सामाज सेवाको कार्यमा बढी अग्रसर भएको पाईन्छ । यसै क्रममा जापानमा बसोबास गर्दै आएका नवलपरासी जिल्ला गैडाकोट निवासी पुराना रकपप गायक प्रकाश खरेल र उनकी छोरी सेन्जल पन्त खरेलले “हाम्रो बाल धरोहर नेपाल” नामक संथालाई आर्थिक सहयोग गरेका छन । यस बाल आश्रममा रहेका बालबालिकाहरूको निम्ति समाजसेवी गगां कुमारी गुरूङ सगं मिलेर रू साठी हजार रूपैयॉ सहयोग गरेका हुन ।उनीहरूले बाल आश्रमका बालबालिका हरुलाई संकटको यो घडीमा आफ्नो सानो सहयोगले केही राहत मिल्छ भनेर सहयोग गरेको बताए । “हाम्रो बाल धरोहर नेपाल” संस्थाकि अध्य़क्ष विनिता अर्याल र सो आश्रममा आश्रय लिएका बालबालिकाहरुले सहयोगी हातहरुलाई धन्यवाद दिएका छन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments