गायक प्रताप लामाले टोटला रेष्ट्रो एण्ड बार सञ्चालनमा ल्याएका छन् । मोरङको उर्लाबारीमा गायक लामा र उर्लाबारीका नितम चौहानले सो बार सञ्चालनमा ल्याएका हुन् । नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गरेर करिब १ करोड ३० लाख रुपैयाँको लागतमा सो बार सञ्चालन गरिएको सञ्चालकसमेत चौहानको भनाई छ । सेवाग्राहीहरु सांगितिक माहोल रम्न पाउने उनले बताए ।
प्रत्येक महिना चर्चित कलाकार र दैनिक स्थानीय तथा परिचित कलाकारहरुले प्रस्तुति दिने गायक लामाले बताए । गायनसँगै ब्यवसायमा पनि हात हालेको र सबैको साथ र सहयोग पाउनेमा आशाबादी रहेको उनले बताए । भबिष्यलाई सोचेर ब्यवसाय क्षेत्रमा लागेको बताउँदै गायक लामाले भने–‘गायन क्षेत्रमा म हिजोको जस्तै सक्रिय रहने छु ।
बारको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरे । उनले सांगितिक क्षेत्रमा रम्न चाहनेका लागि टोटला रेष्ट्रो महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए ।कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं.७ का वडाध्यक्ष बीरबल थापा, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, होटल ब्यवसायीसंघका क्षेत्रीय अध्यक्ष मनोहरी दाहाललगायतले बोलेका थिए । भिडियो: