गायन रियालिटी शो”द भ्वाइस अफ नेपाल”२ का गायक बल बहादुर राजबंशीले नयाँ गीत ‘पछुताउनु पर्ला’ सार्वजनिक गरेका छन् । सांगीतिक क्षेत्रमा एक दशक बिताए पनि राजबंशीलाई भ्वाइसले नै नोटिस गराएको हो भन्दा फरक नपर्ला ।
सार्वजनिक गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको संगीत तथा रिकेश गुरुङ्गको संगीत संयोजन छ ।
सन्देशजँग राणाको निर्देशन रहेको गीतको भिडियोमा क्रिस्टल क्लज क्रिउ डान्स ग्रुपले दमदार नृत्य गरेका छन् । पोखराको मनोरम दृष्यहरुमा यो भिडियो खिचिएको हो । हेर्नुहोस भिडियो: