गायक महेन्द्र राज बरालले आफ्नो चौथो गीत ‘बोलीदेउ सान्नानी’ सार्वजनिक गरेका छन । लोकआधुनिक शैलीको ‘बोलीदेउ सान्नानी’मा गायक महेन्द्र राज बराल र चर्चित गायिका मेलिना राईको युगल स्वर रहेको छ । गीतमा शब्द र संगीत लोकप्रिय संगीतकार बसन्त सापकोटाको रहेको छ ।
गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् । म्युजिक भिडियोमा महेश खड्का र सृष्टी खड्काको अभिनय रहेको छ । भिडियोलाई शिव बिकले कोरियोग्राफी गरेका हुन् ।निशानघिमिरेले भिडियो सम्पादन गरेका छन् । अमृत सुनुवारको निर्देशन तथा छायांकनमा भिडियो तयार भएको हो । मनिराम बराल ( लायन ) ले भिडियो निर्माण गरेका हुन् । भिडियो :